इन्सपायर एसियाको आयोजनामा भाद्र २५ गते देखी काठमाडौँमा दोस्रो विश्व पथप्रदर्शक राष्ट्रहरूको एसियन बैठकमा सहभागी कम्बोडिया, बंगलादेश, इण्डोनेसिया, फिलिपिन्स लगायतका मुलुकका प्रतिनिधि मण्डलले भाद्र २७ गते अनामनगर स्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ट्रेड युनियन पोलिसी इन्स्टीच्युटको अवलोकन भ्रमण गर्नु भएको छ ।

प्रतिनिधि मण्डललाई स्वागत गर्नुहुँदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टले बिश्व ट्रेड युनियन आन्दोलनबाट सिक्दै र सिकाउँदै नेपालको ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाइरहेको भन्नु हुँदै जिफन्टले नेपालको ट्रेड युनियन आन्दोलनमा गरेका योगदान र अगामी दिनमा गर्ने कामहरूको बारेमा र तपाइहरू समक्ष अनुभव आदान प्रदान गर्ने प्रयास गरेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले श्रम आन्दोलनमा तपाइहरूको अनुभवबाट पनि नेपालको ट्रेड युनियन आन्दोलनलार्इले केही सिक्न पाउ जसको कारण नेपालको मात्र नभई सिङ्गो श्रम संसारको श्रम आन्दोलनलाइ मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले जिफन्टको नीति तथा कार्यक्रम, ट्रेड युनियन पोलिसी इन्स्टिच्युट, जिफन्ट ट्रेड युनियन स्कुल र जिफन्ट रिसर्च सेन्टरको बारेमा बताउनु भएको थियो ।
जिफन्ट महासचिब लक्ष्मण शर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा डब्लुएसएम इन्सपायर एसियाका कोडिनेटर बिस्मो सान्योटोले जिफन्ट र जिफन्टको कामहरूको बारेमा जानकारी दिनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
थप फोटोकोलागी https://www.facebook.com/media/set/?set=a.122117472554435116&type=3