नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनियन जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) का सदस्य तथा नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी पुर्वसदस्य कमरेड धन बहादुर श्रेष्ठको गत कार्तिक २२ गते भएको असामयिक निधनले जिफन्ट परीवार स्तब्ध भएको छ ।
यस दुखद घडीमा जिफन्टले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
स्वर्गीय श्रेष्ठको पार्थिव शरीरको अन्तेष्टी पूर्व कार्तिक २६ गते पशुपतिस्थित संक्षिप्त श्रद्धाञ्जली सभाको आयोजना गरीएको थियो ।
उक्त श्रद्धाञ्जली सभामा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले पार्टीको झण्डा ओढाउनु भएको थियो ।
त्यसैगरी, जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सीता लामाले जिफन्टको झण्डा र जुगकाटेमयु अध्यक्ष अर्जुन अधिकारीले युनियनको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
दोलखा जिल्ला शैलुङ्ग गाबिस वडा नं ३ स्थाइ घर भएका स्वर्गीय धनबहादुर श्रेष्ठ २०४५ साल देखी रोजगारीको सिलसिलामा काठमाण्डौको बौद्ध बस्दै आउनु भएको थियो ।
स्वर्गीय श्रेष्ठ गत कार्तिक २२ गते परीवार सहित मुक्तिनाथको तीर्थयात्रा सम्पन्न गरी फर्कने क्रममा बाटैमा असामयिक निधन भएको थियो ।