जिफन्ट र बेल्जियमको ट्रेड युनियन बिच राष्ट्रिय योजना बैठक सुरू

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र बेल्जियमको ट्रेड युनियन ACV-csc बिच राष्ट्रिय योजना बैठक चैत्र १२ गते देखी काठमाण्डौमा सुरू भएको छ ।

३ दिन सम्म संचालन हुने योजना बैठकमा सहभागी ACV-cscका प्रतिनिधीहरू तथा जिफन्ट नेतृत्वलाइ स्वागत गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्ट र  बेल्जियमको ट्रेड युनियन बिचको लामो समय देखीको सहकार्यले नेपालको ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउन मद्धत मिलेको भन्नु हुदै नेपालमा जेन्जी आन्दोलन पछी भएको राजनैतीक परिवर्नत पछी देखा परेको ट्रेड युनियन आन्दोलन माथीको प्रहारलाइ सामना गर्न आगामी दिनमा दुइ देश बिचको ट्रेड युनियनको सहकार्य महत्वपुर्ण रहने बताउनु भएको छ । 

अध्यक्ष श्रेष्ठले मौनता साध्नु भनेको आत्मसमर्ण हैन भन्नुहुंदै बदिलयको परीवेशमा नया तरीकाबाट नेपालको ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउन आवश्यक रहेको बताउनु हुंदै जिफन्टले स्थानिय तहको युनियनलाइ बलियो बनाउन आवश्यक कामहरू गरी रहेको बताउनु भयो ।

कार्यक्रममा जिफन्ट महासचिब लक्ष्मण शर्माले जिफन्टले गर्दै आइरहेको काम र जिफन्टको संरचनाका बारेमा र WSM का एसिया प्रसान्तका संयोजक ब्रोनो कुलियरले WSM र जिफन्टको सहकार्यमा भएका कामहरूको बारेमा प्रकास पार्नु भएको थियो ।

ACV-csc का एसिया प्रसान्त अन्तरर्राष्ट्रिय बिभागका प्रमुख जेरोन रेक्सेनले ३ दिने कार्यक्रमको उद्धेश्य र जिफन्ट र ACV-cscको सहकार्यको बारेमा प्रकाश पार्नु भएको योजना बैठकमा ACV-csc का एसिया प्रशान्तका संयोजक मारिया इमिरेन्टाले सहकार्यकालागी आवश्यक कामहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।