अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषदको आयोजनामा नेपालवाट वालश्रम अन्त्य सम्वन्धि राष्ट्रिय कार्याशाला मंसिर १२ र १३ गते ललितपुरमा सम्पन्न भएको छ ।

जिफण्ट, एनटियुसी र अन्टुफका नेताहरुको सहभागिता रहेको कार्यक्रमको उद्ध्घाटन सत्रमा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठले विध्यमान ट्रेड युनियन आन्दोलनका चुनौती र वालश्रम निवारणका समस्याको वारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा एनटियुसी र अन्टुफका अध्यक्षहरुले पनि धारणा राख्नु भएको थियो । कार्यक्रममा आईटीयुसी एपी, रोजगादाताका प्रतिनिधि, श्रम मन्त्रालयका प्रतिनिधि र सार्टुकका प्रतिनिधिले बिषण प्रस्तुत गर्नु भएको थियो ।