संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको सन् २०२६ का लागि नयाँ नेतृत्व चयन

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसि) ले सन् २०२६ का लागि पुस १६ र १७ गते चितवनमा बसेको बोर्ड बैठकले नयाँ नेतृत्व चयन गरेको छ । 

१० वटा राष्ट्रिय ट्रेड युनियन महासंघहरूको साझा मञ्चका रूपमा स्थापित जेटियुसीसिको विधानले सबै महासंघहरूबीच समान सहभागिता, एकीकृत भावना र लोकतान्त्रिक अभ्यास सुनिश्चित गर्दै आपसी सहमतिका आधारमा सन्२०२६ का लागि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ अध्यक्षमा, एसआइटियुसी अध्यक्ष नवराज दाहाल महासचिवमा चयन भएको हो ।

त्यसैगरी महिला समिति संयोजकमा एनटियुसी महिला संयोजक प्रमिला ढुंगाना र सचिबमा एनडिफोन्टका महिला प्रमुख रीता पोखरेल चयन हुनुभएको  जेटियुसीसीले पुस २१ गते प्रेश बिज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।