ट्रेड युनियन आन्दोलनको वर्तमान अवस्था र अबको बाटो बिषयमा छलफल

अन्तरर्राष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समिती (ITUC NAC) द्वारा चैत्र २० गते नेपाल ट्रेड युनियन आन्दोलनको वर्तमान अवस्था र अबको बाटो बिषयमा छलफल गरेको छ ।

ITUC NAC तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा नेपालमा बदिलएको राजनैतीक अवस्था पछी ट्रेड युनियन आन्दोलनको चुनौती र नेपालको ट्रेड युनियन आन्दोलनको अबको कार्यभार बिषयमा सहभागिहरूले आ–आफ्नो बिचार राख्नु भएको थियो ।

छलफलमा जिफन्ट, एनटियुसी र अन्टुफबाट ६/ ६ जना नेताहरूको सहभागीता रहेको थियो ।