स्थानिय तहमा श्रम डेस्क स्थापना सम्बन्धमा अन्तरक्रिया सम्पन्न
संयुक्त राष्ट संघका महासचिव एन्टोनियो गुटरेसले पृथ्वीको बढ्दो तापक्रमको असरबाट श्रम गरेर परिवार पाल्नेहरुको सुरक्षामा जोड दिन आव्हान गर्नु भएको छ ।
साउन १०गते बिहीबार अमेरिकाको न्युयोर्कस्थित युएन मुख्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महासचिव गुटरेसले यस्तो सन्देश दिनु भएको हो ।
उहाँले भन्नुभयो "विश्वभर बढीरहेको गर्मीको असर भने सबैलाई समान रुपमा परेको छैन । शीतलमा बस्ने सुविधाबाट बन्चित गरिब, मजदुर, विस्थापित तथा गर्भवती, बालबालिका, वृद्धवृद्धा, विकलाङ्ग व्यक्तिहरु बढी प्रभावित छन् ।"
साउन ६ गते आइतवार अर्थात् सन् २०२४ जुलाई २१ का दिन पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा मापन गरिएपछि महासचिव गुटरेसले श्रमिकहरूको संकटका बारेमा संवेदनशील रहन आग्रह गर्नु भएको हो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को एक नयाँ रिपोर्ट अनुसार विश्वभर शारीरिक श्रम गर्न सक्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा परेका छन् ।