नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल चिया कफि श्रमिक युनियनको ३७ औं स्थापना दिवसको सन्दर्भमा जेठ १६ गते चिया श्रमिकहरुको समस्या र समाधान बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा विगतमा गरिएको सम्झौता कार्यन्वयन, रोजगार सम्झौता , योगदानमा आधारित सामाजिक सुरक्षा, वृद्धि भएको पारिश्रमिकको बक्यौता भुक्तानी लगायतका बिषयमा छलफल भएको युनियन केन्द्रीय अध्यक्ष सन्त कुमार राइले जानकारी दिनु भएको हो ।
जिफन्ट आवद्ध नेपाल स्वास्थ्यस्वयम सेबि संघ (नेभा)को बागमति प्रदेश स्तरिय नेतृत्व बिकास तथा क्षमता अभिवृदि तालिम जेठ १६ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा सम्पन्न भएको छ ।

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बदलिएको परिस्थितिमा ट्रेड युनियन आन्दोलनको अवस्था र नेतृत्वको भुमिका बारेमा प्रकाश पार्नु भएको थियो ।
नेभा केन्द्रिय अध्यक्ष गिता थिङको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट बागमति प्रदेश अध्यक्ष रामहरि नेपालले नेतृत्व बिकास तथा क्षमता अभिवृदि बिषयमा तालिम दिनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा जेठ १४ गते ललितपुरमा काष्ठकला क्षेत्रमा कार्यरत श्रमिकहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
अन्तरक्रिया कार्यक्रममा श्रमिकहरूको ज्याला, बजार व्यवस्थापन, लगानी तथा व्यवसायसँग सम्बन्धित विषयहरूमा छलफल भएको थियो ।
हुन ललितपुर नगर कमिटी इन्चार्ज सुरेन्द्र तुलाधरको उपस्थीतीमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले काष्टकला क्षेत्रको बजार व्यवस्थापन, कच्चा पदार्थ, कर छुट र सामाजिक सुरक्षा लगायतका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयमसेबी संघ(नेभा)द्वारा जेठ १२ गते कर्णाली प्रदेश मुख्य मन्त्री यामलाल कडेल, सामाजिक बिकास मन्त्रि घनश्याम भण्डारी र योजना आयोगका उपाध्यक्ष सुर्य नाथ योगि समक्ष सामुदायीक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको समस्या समाधानकालागी नेभा केन्द्रिय सदस्य भिमु रिजालको नेतृत्वमा माग पत्र पेश गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)द्वारा आफ्ना सदस्यहरूको शिप अभिबृद्धीकालागी गत बैसाख २८ गते देखी संचालन गरेको झोल साबुन, डल्लो साबुन र हर्पिक बनाउने सीपमूलक तालिमको समापन जेठ ६ गते एक कार्यक्रमको आयोजना गरी समापन गरेको छ ।
हुन केन्द्रीय सदस्य शान्ती श्रेष्ठले तालिम दिनु भएको सीपमूलक तालिममा कागेश्वरी मनोहरा नगरपालिका–वडा नं १ मा बसोवास गर्नु हुने हुनका सदस्यहरूको सहभागी रहेको थियो ।
त्यसैगरी सोहि दिन सरस्वती सुनुवारको अध्यक्षतामा ९ सदस्यीय हुन इलाका गठन गरिएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को पहलमा शंखरापुर नगरपालिपकामा स्थापना गरेको श्रम डेक्सले जेठ ६ गते देखी घर आधारीत श्रमिकहरूलाइ पञ्जीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ।
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले घरेलु तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको पहिचान, अधिकार र योगदानमा आधारीत सामाजिक सुरक्षामा पहुँच पुर्याउन नगरपालिकाले थालेको श्रमिक पञ्जीकरणले थप मद्धत मिलेको भन्दै सम्बन्धीत सबैलाइ धन्यवाद दिएको छ ।