Home Affiliates Activities

निर्माण श्रमिकको सामाजिक सुरक्षा तथा कार्यस्थल सुधार बिषयमा अन्तरक्रिया सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध क्युपेक नेपालद्वारा बैसाख २५ गते काठमाडौंमा निर्माण श्रमिकहरूको सामाजिक सुरक्षा तथा कार्यस्थल सुधार बिषयमा  सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जिफन्ट उपमहासचिब नरनाथ लुइटेलले अनौपचारिक तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउनु आजको मुख्य आवश्यकता भएको बताउनु भएको कार्यक्रममा एफक्यान केन्द्रीय सदस्य राजेस गौतमले निर्माण क्षेत्रका श्रमिक र रोजगारदाताबीच सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको थियो ।

योगदानमा अधारीत सामाजिक सुरक्षा कोषका प्रतिनिधी श्रृषिराम पाण्डेले कार्यक्रममा सहभागिहरूले राख्नु भएको जिज्ञासालाइ स्पष्ट पार्नु हुंदै सामाजिक सुरक्षा कोषमा आबद्धता, सुविधा र कार्यान्वयन प्रक्रियाबारे प्रकाश पार्नु भएको थियो ।

जिफन्ट वागमती प्रदेस अध्यक्ष रामहरि नेपालले कार्यस्थलमा भोग्नुपरेका समस्या, सुरक्षा चुनौती तथा कार्यविधि सुधारका विषयमा धारणा राख्नुभएको कार्यक्रममा सहधागीहरूलाइ क्युपेक अध्यक्ष शान्ता बस्नेतले धनयवाद ज्ञापन  गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता योगेन्द्र शर्माले र सञ्चालन कृतिनिधि बिष्टले गर्नुभएको थियो। 

सनद्वारा खेलाडि तथा प्रशिक्षकहरुको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आबद्ध स्पोर्टस युनियन नेपाल (सन) उपत्यका कमिटिद्वारा बैसाख १३ गते बिभिन्न खेल बिधाका खेलाडि तथा प्रशिक्षकहरुको भेला सम्पन्न गरेको छ ।

भेलामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले खेल क्षेत्रलाइ ब्यवसायीक बनाउनु पर्ने भन्नु हुंदै खेल क्षेत्रमा संगठन निर्माणमा अन्तरराष्ट्रिय प्राक्टीस र  जिफन्ट आबद्ध स्पोर्टस युनियन नेपाल (सन)को उद्धेश्य तथा कार्यक्रमका बारेमा प्रकास पार्नु भएको थियो । 

त्यसैगरी एपिएनबिदि प्रतिनिधी सुगत भट्टराइले क्लाइमेट चेन्जले खेलाडी र खेल क्षेत्रमा पारेको प्रभावका बारेमा प्रकाश पार्नु भएको भेलाको सहजिकरण सन उपत्यका कमिटी अध्यक्ष बिराज राणाले गर्नु भएको थियो । 
भेलामा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र महासचिब लक्ष्मण शर्माको उपस्थीती रहेको थियो ।

 

उदयपुर सिमेन्टबाट निवृत्त श्रमिकलाइ सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्विन) द्वारा उदयपुर सिमेन्ट उद्योग लिमिटेड बाट उमेर हदको कारण अनिवार्य सेवा निवृत्त हुनु भएका ह्वीन सदस्यहरू बैसाख ११ गते मजदुर भवन जलजलेमा बिदाई कार्यक्रम आयोजना गरेको छ ।

बिभिन्न मितिमा निवृत्त हुनु भएका बिश्व नारायण साह, प्रथम लाल चौधरी, लाल बहादुर येकतेन, अरूण कुमार कार्की, कुमारी मास्के, रमेश पोखरेल, ड्याम बहादुर लिम्बु, औवन खड्कालाइ जिफन्ट सचिब कृष्ण केसीले उधोग तथा युनियनलाई गरेको योगदानलाई उच्च सम्मान सहित शुभकामना ब्यक्त गर्नु भएको थियो

 

युनिट्राभले मनायो ४३ औं स्थापना दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन (युनिट्राभ) को ४३ औं स्थापना दिवसको सन्दर्भमा बैसाख ३ गते जिफन्ट सभाहलमा शुभकामना आदानप्रदान कार्यकम सम्पन्न भएको छ ।

स्थापना दिवसको शुभकाना दिनुहुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले २०४० साल बैशाख १ गते ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरूले ट्रेकिङ मजदुर संघ, नेपालको नाममा स्थापना गरेको यस युनियनले ४३ वर्षको अन्तरालमा समय र परिस्थीती संगै युनियनको कार्यक्षेत्र पनि बिकास र बिस्तार गर्दै अन्तरर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउन सफल भएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलनलाइ बदलिंदो समय र परिस्थीती अनुरूप रूपान्तरण गर्नु पर्नेमा जोड दिनु हुंदै, रूपान्तर गर्नु भनेको एक ब्यक्ती वा नेतृत्वले पद छोढ्नु वा नया पुस्ताले नेतृत्व गर्नु मात्र नभइ बिचार र सिद्भान्तलाइ आत्मासात गर्ने नेतृत्व तयार गर्नु पर्नमा बताउनु भयो ।

कार्यक्रममा जिफन्ट महाससचिब लक्ष्मण शर्मा, जिफन्ट आवद्ध युनियनको तर्फबाट नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीले शुभकामना मन्तक्य राख्नु भएको थियो ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यकमको संचालन महासचिब  राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
 

नाबुन बुटवल उपमहानगरकमिटीको अध्यक्षमा शान्ता खत्री जिसी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को चैत्र २८ गते सम्पन्न बुटवल उपमहानगरकमिटीको चौथो अधिवेशनले शान्ता खत्री जिसीको अध्यक्षतामा १३ सदस्यिय कमिटी निर्वाचित गरेको छ ।
त्यसैगरी नाबुनले चैत्र २९ गते रूपन्देही जिल्लाको भैरहवामा स्किन केयर र मोल रिमुभ तालिम सम्पन्न गरेको  छ। 

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै जिफण्ट राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराईले संगठनमा आवद्ध सदस्यहरूको सिप बिकास तालिमले सदस्यहरूको दक्षता अभिवृद्धि हुनुका साथै संगठन बिस्तारमा पनि महत्वपुर्ण सहयोग पुग्ने बताउनु भयो ।

नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मीहरूको दक्षता अभिबृद्धीकालागि नाबुनले सहयोग गर्दै आइरहेको बताउनु हुंदै अझ यस्को बिस्तार र बिकासकालागी संगठनलाइ बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो । 

स्किन एस्थेटिक रिना ओझाले छालाको स्याहार सम्भार, कस्मेटिक प्रोडक्ट प्रयोग गर्ने तरिका र मोल रिमुभ बिषयमा तालिम दिनु भएको थियो भने नावुन सुदूरपश्चिम सहईन्चार्ज झुम अधिकारीले सिटिईभिटी तह १ र तह २ को सिप परिक्षण सम्बन्धित अभिमुखीकरण समेत सञ्चालन गरेको थियो ।

नाबुनद्वारा दक्षता अभिवृद्धि तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) कागेश्वरी मनहरा पालिकाको आयोजनामा चैत्र २६ गते स्किन केयर र मोल रिमुभ बिषयमा दक्षता अभिवृद्धि तालिम संचालन गरेको छ ।

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले नाबुन सदस्यहरूको दक्षता अभिबृद्धिकालागी संगठनले शिप बिकास तालिमहरू संचालन गर्दै आइरहेको बताउनु भएको छ ।

नाबुन कागेश्वरी मनहरा पालिका अध्यक्ष सुनिता खड्का लम्सालको अध्यक्षतामा भएको लालिम कार्यक्रममा नाबुन बागमती प्रदेश कमिटी अध्यक्ष करूणा पुरी, सचिव सरिता शिवाकोटी लगायतले तालिमको उद्धेश्य र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने स्किन कायर र मोल रिमुभ बिषयमा
रिना ओझाले तालिम दिनु भएको थियो ।