नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन ) स्याङ्जा जिल्लाको पुतलीबजार नगर कमिटीले जेठ ६ गते श्रमिक अधिकार, सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुन केन्द्रीय उपाध्यक्ष सुभाष खातीको नेतृत्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिफन्ट र हुनको सदस्यता बितरण तथा नविकरण अभियान पनि संचालन गरेको हुन केनद्रीय अध्यक्ष ज्ञानुमाया केसी ले जानकारी दिनु भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा जेठ ६ गते रातोपुल कमिटी अन्तर्गत घरेलु श्रमिक तथा कालीगढ श्रमिकहरूसँग व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तर्क्रिया कार्यक्रममा श्रमिकहरूको कार्यस्थल सुरक्षा, स्वास्थ्य सचेतना, श्रमिक अधिकार तथा संगठनको आवश्यकता सम्बन्धी छलफल गर्नुका साथै जिफन्ट र हुनको सदयता बितरण तथा नविकरण अभियान समेत सन्चालन गरेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफुल ढुवानी मजदुर युनियन चितवनले जेठ ५ गते संगठन सदस्य बिजय चेपाङलाइ बुवाको स्वास्थ्य उपचारकालागी आर्थिक सहयोग प्रदान गरेको छ ।
लामो समय देखि क्यान्सर रोगबाट पिडत बिजय चेपाङको बुवा ललित चेपाङलाइ स्वास्थ्यलाभको कामना सहित संगठनले नगद रु.१७,०००/- आर्थिक सहयोग गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन)द्वारा जेठ ३ गते जिफन्ट सभाहलमा युवा नेतृत्व विकास सम्बन्धी छलफल सम्पन्न गरेको छ ।
३५ वर्ष मुनिका युवा-नेतृत्व गतिविधिहरू, अभियानहरूको तथ्याङ्क सङ्कलन तथा युवा पहिचान लगायतका बिषयहरूमा जिफन्ट सचिव कृष्ण केसीको उपस्थीतीमा छलफलमा भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जेठ १ गते एक बिज्ञप्ती जारी गरी सरकारले यातायात क्षेत्रप्रति सौतेलो व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।
मन्त्रालय हेरफेरपछि गठन गरिएको मन्त्रिपरिषद्मा यातायात क्षेत्रलाई अलग्गै रूपमा समेटिएको नदेखिएपछि संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।
शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष राईले यातायातविनाको मन्त्रिपरिषद्को परिकल्पना गर्नु मुटुविनाको मानव शरीरजस्तै भएको उल्लेख गर्नुभएको छ। “जसरी मुटुले शरीरमा रक्तसञ्चारको काम गर्छ, त्यसैगरी यातायात क्षेत्रले देशको समृद्धि र विकासमा रक्तसञ्चारको भूमिका निर्वाह गरेको हुन्छ,” विज्ञप्तिमा भनिएको छ।
उहाँले सरकारले जनसरोकारका विषयलाई सम्बोधन गर्न चाहेको हो भने छुट्टै यातायात मन्त्रालय गठन गरी आफ्नो कमजोरी सच्याउनुपर्ने सुझाव दिनुभएको छ। वैशाख ३१ गते प्रधानमन्त्री बालेन्द्र साहको सिफारिसमा मन्त्रिपरिषद्को गठन, हेरफेर तथा कार्यविभाजन गर्दा साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यातायात क्षेत्र हटाइएको थियो।
अध्यक्ष राईले उक्त निर्णयले यातायात क्षेत्रमा रहेको करिब १५ खर्ब रुपियाँ निजी लगानी, करिब १३ लाख यातायात श्रमिक तथा दैनिक करिब ३० लाख सार्वजनिक यातायात प्रयोगकर्ताको अधिकारको अवमूल्यन गरेको बताउनुभएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय समितिले सार्वजनिक यातायात सुधारप्रति सरकार उदासीन रहेको आरोपसमेत लगाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्रभन्दा भौतिक पूर्वाधारका काममा बढी केन्द्रित भएकै कारण सार्वजनिक यातायात क्षेत्र अपेक्षाअनुसार सुधार हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
लगानीको संरक्षण तथा प्रवर्द्धन, श्रमिकको काम र जीवन सुरक्षाका साथै जनताको सेवा अधिकार सुनिश्चित गर्न छुट्टै यातायात मन्त्रालय आवश्यक रहेको अध्यक्ष राईले बताउनुभएको छ। सुशासन र विकासको नारा दिएर गठन भएको सरकारले अत्यावश्यक मानिएको यातायात मन्त्रालयलाई नै बेवास्ता गर्नु सरकार आफ्नै नारा र प्रतिबद्धताबाट विचलित भएको संकेत भएको उहाँको भनाइ छ।
इतिहासमा कहिले श्रम मन्त्रालयअन्तर्गत त कहिले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत राखिएको यातायात क्षेत्रलाई अब कुनै मन्त्रालयसँग गाभ्न नहुने संगठनको धारणा छ। छुट्टै यातायात मन्त्रालय गठन नगरिए देशभरका यातायात मजदुर तथा व्यवसायी आन्दोलनमा उत्रिने चेतावनीसमेत संगठनले दिएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) चितवन जिल्ला कमिटीद्वारा निर्माण श्रमिकहरूको सामाजिक सुरक्षामा पंहुच र सुधार बिषयमा बैसाख २६ गते चितवनमा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा क्युपवेक अध्यक्ष शान्ता बस्नेत, जिफनट बागमती प्रदेश सदस्य अन्जु गुरूङ लगायतका नेताहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा र मर्यादित रोजगारका विषयमा धारणा राख्नु भएको थियो ।