नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)को चैत्र २१ गते सम्पन्न चौथो अधिवेशनले ज्ञानुमाया क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कमिटी र प्रतिनिधी परीषद प्रमुखमा चन्द्र सागर लामा निर्वाचित गरेको छ ।
अधिवेशनको उद्धघाटन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालमा घर आधारीत श्रमिकहरूको अधिकारकालागी हुनले गर्दै आइरहेको काम महत्वपुर्ण रहेको भन्नु हुदै अधिवेशन पछी निर्वाचित नेतृत्वले अझ प्रभावकारी काम गर्ने बिश्वास सहित शुभकामना ब्यक्त गर्नु भएको थियो ।
अध्यक्ष श्रेष्ठले बदलिएको राजनैतीक परीस्थीतीमा यूनियनलाइ शसक्त ढगबाट अगाडी बढाउन सकेन भने बिगतमा प्राप्त गरेका अधिकार गुम्न सक्ने बताउदै आजको अवश्यकता शक्तीशाली युनियनको बिकल्प नरहेकोमा जोदिनु भयो
अधिवेशनमा हुन संस्थापक अध्यक्ष तथा बागमती प्रदेश उधोग बायिनज्य तथा प्रशाशन मन्त्री बिन्दु श्रेष्ठ, जिफन्ट महिला कमिटी अध्यक्ष जिफन्ट उपाध्यक्ष सीता लामा, महासचिब लक्ष्मण शर्मा, क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेत र IDWF एसिया प्रसान्त संयोजक फिस आइपीले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
त्यसैगरी IDWF उपाध्यक्ष र उपमहासचिबले भिडियो मार्फत अधिवेशन सफलताको शुभकामना सन्देश दिनु भएको थियो ।
जिफन्ट महासचिब लक्ष्मण शर्माको अध्यक्षतामा भएको बन्द शत्रमा पेश भएको संगठानिक, आर्थीक र बिधान संशोधन प्रतिवेदन अधिवेशनले पारीत गरेको छ ।
अधिवेशनको थप फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122190212960435116&type=3
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेशको चैत्र २१ गते सम्पन्न तेस्रो अधिवेशनले वेदप्रसाद घिमिरेको अध्यक्षतामा २२ सदस्य प्रदेश कमिटी र शंकर थापा प्रमुख रहनु भएको ६ सदस्य सल्लाहकार कमिटी निर्वाचित गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भिम ज्वाला राइको प्रमुख अतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, संगठनका उपाध्यक्ष ठाकुर प्रशाद गैरे, सुदुरपच्मि प्रदेश अध्यक्ष ललित चन्द, गण्डकी प्रदेश अध्यक्ष वेनिराज थिङ मधेश प्रदेश सचिव मनोज झा र डेकनाथ गौतम लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।

२१७ जना प्रतिनिधी सहभागी रहेको अधिवेशनमा मुटु रोगबाट पिडित संगठनका सदस्य रमेश तामाङलाइ नगद ३९ हजार ५ सय बिस रूपया सहयोग समेत हस्तान्तरण गरेको थियो ।

त्यसैगरी सोहिदिन सम्पन्न लुम्बिनी प्रदेश कमिटी अन्तगर्त भैरहवा काठमाडौं रुट इकाई कमिटीको १२ औं अधिबेसनले शंकर न्यौपानेको अध्यक्षतामा ११ सदस्य इकाई कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल चिया कफि श्रमिक युनियनको चैत्र २१ गते केन्द्रिय कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।
बैठक युनियनका अध्यक्ष सन्तकुमार राईको अध्यक्षतामा जिफन्ट कोशी प्रदेश कमिटी उपसचिव हरी अधिकारीको उपस्थितीमा सम्पन्न भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) कागेश्वरी मनहरा पालिका कमिटिको चैत्र १८ गते गोठाटारमा सम्पन्न दोश्रो अधिवेशनले सुनिता खड्का लम्सालको अध्यक्षतामा १३ सदस्यिय पालिका कमिटी निर्वाचित गरेको छ ।

पालिका अध्यक्ष सरिता शिवकोटीको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्धघाटन गर्नु हुंदै नावुन केन्द्रिय अध्यक्ष सुजना जोशीले आफ्नो पेशागत सुरक्षा र हक हितका लागि संगठन बलियो बनाउनु पर्ने र संगठन बलियो बनाउन सदस्यता बिस्तार र सदस्यहरूको बैचारीक क्षमतालाइ बिकास गर्नु पर्ने बताउनु भयो ।
अध्यक्ष जोशीले योगदानमा आधारित सामाजिक सुरक्षा, पेशालाई सम्मानित र मर्यादित बनाउन सबै संग हातेमालो गर्दै अगाडी बढनुपर्नेमा जोड दिंदै अधिवेशनबाट निर्वाचित कमिटीलाइ पद तथा गोपनियताको शपथ ग्रहण समेत गराउनुभएको थियो।

अधिवेशनमा नाबुन केन्द्रीय उपाध्यक्ष मिना गुरुङ्ग डंगोल, केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, बाग्मती प्रदेश आर्थिक सचिव सोलिना लामा, प्रदेश सदस्य कमला चापांगाई, जानकी श्रेष्ठ, जिफण्ट कागेश्वरी मनहरा पालिका अध्यक्ष नबिन कार्की लगायतका अतिथीहरूको उपस्थित रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध स्पोर्टस युनियन नेपाल (सन)को छैटौं स्थापना दिवसको सन्दर्भमा चैत्र १६ गते जिफन्ट सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको सन्दर्भमा शुभकामना दिनु हुंदै नेपालको खेल क्षेत्रमा स्पोर्टस युनियनको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
सन अध्यक्ष सीता लामाको अध्यक्षतामा भएको शुभकामना कार्यक्रमको संचालन उपाध्यक्ष युवराज जिरेलले गर्नु भएको थियो भने स्वागत बिराज राणाले गर्नु भएको थियो ।
राइड सेयरिङ चालकहरूले इन्धनको मूल्य बढ्दै गए पनि भाडा दर समायोजन नभएको भन्दै चैत्र १६ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
चालकहरूले सरकारसँग भाडा पुनरावलोकन,नीतिगत स्पष्टता र आफ्नो श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले समस्या समाधान नभए थप कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।