हुनद्वारा काष्ठकला क्षेत्रमा कार्यरत श्रमिकहरू बिच अन्तरक्रिया

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा जेठ १४ गते ललितपुरमा काष्ठकला क्षेत्रमा कार्यरत श्रमिकहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

अन्तरक्रिया कार्यक्रममा श्रमिकहरूको ज्याला, बजार व्यवस्थापन, लगानी तथा व्यवसायसँग सम्बन्धित विषयहरूमा छलफल भएको थियो । 

हुन ललितपुर नगर कमिटी इन्चार्ज सुरेन्द्र तुलाधरको उपस्थीतीमा भएको  अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले काष्टकला क्षेत्रको बजार व्यवस्थापन, कच्चा पदार्थ, कर छुट र सामाजिक सुरक्षा लगायतका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।