Home Affiliates Activities

यातायात श्रमिक विरोधी दफाहरु संशोधनका लागि खबरदारी गर्ने

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारी तथा यातायात ऐन २०८३ सम्बन्धी विद्येयकमा भएका श्रमिक विरोधी दफाहरु संशोधनका लागि खबरदारी सभाहरु गर्ने भएको छ । 

जेठ २१ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा सम्पन्न संगठनको सातौं बैठकले देशभरीका सबै बसपार्कहरुमा खबरदारी सभा गर्ने निर्णय गरेको हो । 

संगठनका अनुसार जेठ १५ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराइए पनि कुनै सुनुवाइ नभएपछि देशभरका बसपार्कमा खबरदारी सभा गर्ने निर्णय गरिएको हो ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईका अनुसार ऐनको दफा ६५ मा रहेको ‘ज्यान मारेमा’ सम्बन्धी व्यवस्था र चालकलाई तोकिएको सजाय पूर्वाग्रहपूर्ण रहेको छ ।

उनले सडक दुर्घटनालाई मुलुकी अपराध संहितासँग जोडेर चालकलाई कारबाही गर्ने प्रावधान अस्वाभाविक छ र यसलाई सच्याउन आवश्यक रहेको बताएका छन्।

त्यस्तै दफा ६६ (अङ्गभङ्ग भएमा हुने सजाय), दफा ६२ (तत्काल जरिवाना), तथा दफा २० (चालक अनुमतिपत्र निलम्बन र खारेजी) जस्ता प्रावधानहरू पनि श्रमिक विरोधी भएको संगठनको दाबी छ ।

अध्यक्ष राईले भने, ‘सरकारले सरोकारवालासँग छलफल नगरी ऐन जबरजस्ती अघि बढाए देशभर यातायात ठप्प पार्ने अवस्था आउन सक्छ ।’

संगठनले ऐनलाई श्रमिक, लगानीकर्ता र यात्रुमैत्री बनाउनुपर्ने भन्दै पुरानो संरचना हटाएर राष्ट्रिय यातायात प्राधिकरण गठन गर्नुपर्ने माग पनि राखेको छ । साथै सवारी तथा यातायात ऐनसँगै यातायात नीति र सडक सुरक्षा परिषद् ऐन पनि एकैसाथ ल्याउनुपर्ने माग गरिएको छ ।

सरकारले यातायात क्षेत्रलाई उपेक्षा गर्दै मन्त्रालयबाट ‘यातायात’ शब्द हटाएर संरचना परिवर्तन गरेकोप्रति पनि संगठनले आपत्ति जनाएको छ ।

बैठकले ३४ वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई प्रतिस्थापन गर्नुपर्ने निष्कर्ष निकाल्दै तत्काल संशोधनको माग गरेको छ ।
 

नेभाद्वारा लुम्बीनी प्रदेशमा मागपत्र पेश

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल स्वास्थ्य स्वयमसेबी संघ (नेभा) द्वारा जेठ १८ गते लुम्बीनी प्रदेश मुख्य मन्त्री चेतनारायण आचार्य र स्वस्थमन्त्री खेम बहादुर सारु समक्ष ९ शुत्रिय माग पत्र पेश गरेको छ । 

नाबुन दुहबी नगर कमिटीद्वारा दक्षता अभिकबृद्धी तालिम सम्पन्न्

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध रास्ट्रिय सैान्दर्यकर्मी युनियन नेपाल (नाबुन) दुहबी नगर कमिटीले जेठ १९ गते निःशुल्क हाइ प्रोफायल वाटरप्रुफ बा्ईडल मेकप तथा हेयर ब्लो डा्यर सेटिङ बिषयमा तालिम सम्पन्न गरेको हो ।

नाबुन केन्द्रिय महासचिव ममता प्रधानले यस क्षेत्रमा कार्यरत सौन्दर्यकर्मीहरू स्वास्थ्यका हिसाबले जोखीम रहेको भन्नु हुंदै ब्यवसायजन्य सुरक्षाको बिषयमा सजग र सचेत हुनु अनुरोध गर्दै सौन्दर्यकर्मी क्षेत्रका स्वरोजगार श्रमिकहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षामा अवद्ध हुन आब्हान गर्नु भएको थियो । 

नगर कमिटी अध्यक्ष अमृता चौधरीको अध्यक्षतामा नाबुन कोशी प्रदेश अध्यक्ष कला डाँगी , प्रदेश सचिव अमिता पोख्रेल र महानगर उपाध्यक्ष सरिता राईले शसिअभिबृद्धी बिषयमा मन्तब्य राख्नु भएको तालिम कार्यक्रमको सहजिकरण बसन्ती गुरुङ र शीतल राय कोइरालाले गर्नु भएको थियो । 
 

नाबुन बिराटनगर महानगर कमिटी द्वारा क्षमता अभिवृद्धी तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध रास्ट्रिय सैान्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिराटनगर महानगर कमिटीले कोशी प्रदेश स्तरीय निःशुल्क वाटर प्रूफमेकअप, ड्रगप्रूफ मोडल मेक अप र हलिउड वेप्स हेयर स्टाईल तालिम कार्यक्रम जेठ १६ गते आयोजना गरेको छ ।

नाबुन केन्द्रिय महासचिव ममता प्रधान, प्रतिनिधि परिषद उपप्रमुख गङ्गा तामाङ लगायतका अतिथिहरूको उपस्थीती रहेको तालिम कार्यक्रममा  १०० जना भन्दा बढी नाबुन सदस्यहरूको उपस्थीती रहेको थियो भने तालिम कार्यक्रमको अध्यक्षता महानगर कमिटी अध्यक्ष बसन्ती गुरुङले गर्नु भएको थियो ।

 

क्युपेक नेपालले ३० औं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को ३० औं स्थापना दिवस जेठ १८ गते बिविध कार्यक्रम आयोजना गरी मनाएको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले काठमाण्डैमा केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नु हुंदै परीवर्तीत समय अनुकुल क्युपेक नेपाललाइ अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । 

अध्यक्ष श्रेष्ठले वर्तमान सरकार लोकप्रियतावादमा लागेर स्टन्ट गरिरहेको बताउनु हुंदै यो कदम केवल श्रमिकको अधिकार खोस्ने मात्र नभई समग्र लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थामाथिकै प्रहार भएकोले यस्का बिरूद्ध संगठीत शक्तीले मात्र पराजीत गर्न सक्ने भएको हुनाले संगठीत अभियानलाइ अझ मजबुत तरीकाले अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा क्यूपेक संस्थापक अध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियन र राजनिती  एक अपसमा परीपुरक रहेको भन्नु हुदै राजनीती मार्फत नै श्रमिक अधिकारलाइ संस्थागत गर्न सकिने  बतउनु हुंदै हरेक श्रमिकले देशको राजनैती अवस्थाका बारे ज्ञान राख्न जरूरी रहेको बताउनु भयो । 

 

क्युपेक अधयक्ष शान्ता बस्नेतको अध्यक्षतामा राजेन्द्र बिष्टले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट आवद्ध यूनियनको तर्फबाट नेष्ट अध्यक्ष माया गुरूङ, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, DGB प्रतीनीधी सरोज ब्युरोले स्थापना दिवसको सन्दर्भमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी ३० औं स्थापना दिवसको सन्दर्भमा  झापा, सुनसरी, धनकुटा, बारा, मकवानपुर, दोलखा, चितवन, तनहुं, कास्की, पर्वत, नवलपुर, परासी र कैलाली जिल्लामा शुभकामना अदान प्रदान, हाजिर जवाफ, बतृत्व कला प्रतियोगिता, आंखा शिविर र जेष्ठ नागरिक सम्मान कार्यक्रम अयोजना गरेको क्युपेक महासचिब राजेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।


 कार्यक्रमको फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122195681270435116&type=3

बाफ्स्यु नुवाकोट जिल्ला भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध बैक, वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले जेठ १६ गते नुवाकोट जिल्ला भेला सम्पन्न गरेको छ । 

भेलाले रमेश कुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्य जिल्ला कमिटी गठन गरेको छ । 

भेलालाइ सम्बोधन गर्नु हुंदै बाफ्स्यु महासचिव भैरव श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा सुचिकरण गर्ने प्रकृया कोषबाट श्रमिक तथा कर्मचारीहरूले पाउने सबिधा र श्रमिक आधिकारको वारेमा प्रकाश पार्नु भएको थियो ।