नेपालको ट्रेड युनियन आन्दोलनको गौरवमय ७८ औँ वार्षिकोत्सव अवसर समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) द्वारा फागुण २१ गते पर्सा जिल्लाको परवानीपुरमा रहेको ब्रीटानिया नेपाल प्रा. ली. परिषरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जीवनदान भन्ने मूल नाराका साथ व्हिनका अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा ५९ जना श्रमिकहरूले रक्तदान गर्नु भएको थियो !
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) हस्तकला उत्पादक संघ प्रा.ली को फागुण २१ गते सम्पन्न दशौ अधिवेशनले सुभद्रा केसीको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको छ ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले अधिवेशनको उद्धघाटन गर्नु हुदै जिफन्टले संचालन गरीरहेको अभियान र बर्तमान श्रम आन्दोलनमा देखिएका चुनौतीका बारेमा प्रकाश पार्नु भएको सो अधिवेशनबाट निर्वाचित कमिटिलाइ ह्वीन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) हस्तकला उत्पादक संघ प्रा.ली को फागुण २१ गते सम्पन्न दशौँ अधिवेशनले सुभद्रा केसीको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको छ ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले अधिवेशनको उद्घाटन गर्नु हुदै जिफन्टले सञ्चालन गरिरहेको अभियान र वर्तमान श्रम आन्दोलनमा देखिएका चुनौतीका बारेमा प्रकाश पार्नु भएको सो अधिवेशनबाट निर्वाचित कमिटीलाई ह्वीन उपमहासचिव अर्जुन चौलागाईले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।
बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालको फागुण १८ गते चितवनमा सम्पन्न प्रथम अधिवेशनले रामबाबु घिमिरेको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ ।
ओम्स नेपाल केन्द्रीय अध्यक्ष सुर्य पराजुलीको प्रमुख अतिथ्यमा जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुष्कर बाबु त्रिपाठी लगायतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उदयपुर जिल्ला कमिटीको फागुण १७ गते सम्पन्न ११ औं अधिवेशनले बोधराज एस. के. को अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सचिव हरि कार्की प्रमुख अतिथी रहनु भएको सो अधिवेशनमा संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राई, प्रदेश अध्यक्ष गौरी लामा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारी, जिफन्ट कोशी प्रदेश उपाध्यक्ष शशी कुमार राई, लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
जिफन्ट आवद्ध, समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) सुजल फुड्स प्रतिष्ठानको फागुण १७ गते पोखरामा सम्पन्न नवौं अधिवेशनले आनन्दराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
ह्वीन केन्द्रिय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रूद्र खत्री लगाएत अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।