Home Affiliates Activities

हुन सानेपा ईकाई कमिटी अध्यक्षमा बिनिता चौधरी

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन ) को ललितपुर जिल्लाको सानेपामा फागुन १० गते सम्पन्न भेलाले बिनिता चौधरीको अध्यक्षतामा ७ सदस्यीय हुन ईकाई कमिटी गठन गरेको छ ।

चन्द्र सागर लामा दोङको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेष्ट अध्यक्ष माया गुरुङ, हुन महासचिव ज्ञानु केसी र बागमती प्रदेश अध्यक्ष अनन्त राईले मन्तब्य राख्नु भएको थियो ।
 

क्युपेक–नेपाल भद्रपुर नगरपालिकामा वडा अधिवेशन सम्पन्न

नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल)ले झापा जिल्लाको भद्रपुर नगरपालिकाको १, २ र ३ नं वडाको संयुक्त तेस्रो अधिवेशन फागुण १० गते सम्पन्न गरेको छ । 

जिफन्ट राष्ट्रिय कमिटी सदस्य सन्तकुमार राईको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनले विजय कुमार राजवंशीको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ। 
 

ह्वीन लोमस, आर. एम. केमिकल र सिद्धार्थ प्यालेटको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) लोमस फर्मास्युटिल्स प्रा लि को सातौँ अधिवेशन फागुन १० गते सम्पन्न भयो ।

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले  आशाकाजि थिङको अध्यक्षतामा  ८ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

अधिवेशन उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथि नेपालले सबैलाई समान अधिकार, अवसरमा पहुँच, समानताको प्रत्याभूति र सामाजिक न्याय एवं सुरक्षा हुनुपर्नेमा जोड दिनु हुँदै सामूहिक सम्झौता गर्दा युनियनको सह अस्तित्व हुनु पर्ने र श्रम विवादलाई समाधान गर्ने उपर्युक्त विधि सामाजिक संवाद हो त्यसैले सबै पक्षले इमान्दारिताका साथ प्रस्तुत हुनु पर्ने बताउनु भयो ।

श्रमिकहरूले आफ्ना हक आधारित अधिकार लिनकालागि पनि आन्दोलन गर्नु पर्ने अवस्था दुखद भएको बताउँदै प्रमुख अतिथि नेपालले फितलो श्रम प्रशासनका कारण कानुन प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेको दुख ब्यक्त गर्नु भयो ।

अधिवेशनमा ह्वीन उप महासचिव अर्जुन चैलागाइ , सचिव अरुणा खनाल, जिफन्ट कागेस्वरि मनहरा नगर कमिटी अध्यक्ष नवीन कार्किले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

अधिवेशन उद्घाटन सत्रको अध्यक्षता मालती थापाले र सञ्चालन हरिकृष्ण रायमाझीले गर्नु भएको थियो  नवनिर्वाचित कमिटीलाई ह्वीन उप महासचिव अर्जुन चैलागाइले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो  ।

त्यसैगरी जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालको प्रमुख आतिथ्यतामा फागुण १० गते सम्पन्न ह्वीन मकवानपुर जिल्लाको हेटौडामा रहेको आर. एम. केमिकल प्रा. लि.को सातौँ प्रतिष्ठान स्तरीय अधिवेशनले  बिष्णु क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको छ ।

ह्वीनको हेटौडामा रहेको सिद्धार्थ प्यालेट प्रतिष्ठानको पनि फागुण १० गते सम्पन्न दोस्रो अधिवेशनले कृष्ण प्रसाद फुयालको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।

नवनिर्वाचित कमिटीलाइ पद तथा गोपनियताको सपथ ग्रहण प्रमुख अतिथी ह्वीन केन्द्रिय सदस्य बिनोद लामिछानेले गराउनु भएको थियो ।

 

सडक दुर्घटना न्युनिकरण तथा ट्रेड युनियन सम्बन्धित प्रशिक्षण सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय पोखरा महानगर कमिटीले फागुण १० गते सडक दुर्घटना नियुनिकरण तथा ट्रेड युनियन आधारभूत ज्ञान सम्बन्धित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

संगठनका उपमहासचिब तथा गण्डकी प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा प्रतिनिधि परिषद उपप्रमुख कर्ण सि गुरुङ, प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्री उपाध्यक्ष बाबुराम राना सचिव नारायण प्रासाद रिमाल सहसचिव बालकृषण पोखरेल सचिवालय सदस्य सिता सापकोटा महानगर कमिटी इन्चार्ज दिपक रोक्का लगाएतले प्रशिक्षण दिनु भएको थियो ।
 

नेभा भिमफेदि गांउपालिकाको अध्यक्षमा बिमला बम्जन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) ले मकवानपुर जिल्लाको भिमफेदि गांउपालिकामा फागुण ९ गते  स्वास्थ्य स्वयंसेवीहरूको भेला सम्पन्न गरेको छ । 

नेभा केन्द्रीय महासचिव निल कुमारी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले बिमला बम्जनको अध्यक्षतामा ९ सदस्य पालिका कमिटी गठन गरेको छ । 

भेलामा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, नेभा केन्द्रीय सदस्य भवानी अधिकारीले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । 
 

फापुनद्धारा कैलाली जिल्लाको गौरीगंगामा नगर भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)  अवद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)ले फागुण ५ गते कैलाली जिल्लाको गौरीगंगा नगर स्तरीय भेला सम्पन्न गरेको छ । 

जिफन्ट सहकारी प्रवर्द्धन बोर्ड संयोजक देव बहादुर बमको प्रमुख अतिथ्यतामा भएको सो भेलाले दुर्गा थापाको अध्यक्षतामा ९ सदस्यीय फापुन गौरीगंगा नगर कमिटी गठन गरेको छ ।

फापुन कैलाली जिल्ला अध्यक्ष हिरा बिष्टको अध्यक्षतामा भएको उक्त भेलामा जिफन्ट सुदुरपस्चीम प्रदेश  सचिव चन्द्र प्रकाश गैह्रे, सदस्य कर्ण बहादुर हमाल अतिथि रहनु भएको थियो थियो।