नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उदयपुर जिल्लाको अध्यक्षमा बोधराज एस. के.

जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उदयपुर जिल्ला कमिटीको फागुण १७ गते सम्पन्न ११ औं अधिवेशनले बोधराज एस. के. को अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । 

जिफन्ट राष्ट्रिय कमिटी सचिव हरि कार्की प्रमुख अतिथी रहनु भएको सो अधिवेशनमा संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राई, प्रदेश अध्यक्ष गौरी लामा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारी, जिफन्ट कोशी प्रदेश उपाध्यक्ष शशी कुमार राई, लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।