ह्वीनद्धारा परवानीपुरमा रक्तदान

नेपालको ट्रेड युनियन आन्दोलनको गौरवमय ७८ औँ वार्षिकोत्सव अवसर समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) द्वारा फागुण २१ गते पर्सा जिल्लाको परवानीपुरमा रहेको ब्रीटानिया नेपाल प्रा. ली. परिषरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जीवनदान भन्ने मूल नाराका साथ व्हिनका अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा ५९ जना श्रमिकहरूले रक्तदान गर्नु भएको थियो !