नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक-नेपाल) भक्तपुर जिल्ला कमिटीको फागुण १७ गते सम्पन्न आठौं अधिवेशनले सुरेशमान मधिकर्मीको अध्यक्षतामा १७ सदस्य भक्तपुर जिल्ला कमिटी निर्वाचित गरेको छ ।
केन्द्रीय अध्यक्ष सान्ता बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनको बन्द शत्र महासचिव राजेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
अधिवेशनले जिल्ला प्रतिनिधी परिषद प्रमुखमा बालकृष्ण खाइतु, उपप्रमुख शिव कुमार थापामगर र सल्लाहकारमा सानुकान्छा लामा चयन गरेको छ ।

त्यसेगरी सोहीदिन सम्पन्न, क्युपेक नेपाल कास्की जिल्लाको पोखरा महानगर १६ नम्बर वडा कमिटिको ९ औं अधिवेशनले कबिराज बिश्वकर्माको अध्यक्षतामा ९ सदस्य कमिटि र दलमाया मगरको अध्यक्षतामा ५ सदस्य महिला कमिटि निर्बाचित गरेको छ ।
क्यूपेक नेपाल केन्द्रीय सचिब पुण्य प्रसाद उप्रतीको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित दुबै कमिटीलाइ क्यूपेक कास्की जिल्ला अध्यक्ष तिर्थराज मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध यूनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) कास्की जिल्ला कमिटीले खेल खेलौ स्वस्थ बनौ, श्रमजिवी बर्ग बिच भाईचाराको सम्बन्ध बिस्तार गरौ भन्ने मुलनाराका साथ फागुन १५ गते देखी फुटवल प्रतियोगिता आयोजना गरेको छ ।

कास्की कप २०८१ तेस्रो सेभेन ए साईट नाममा संचालन हुने सो फुटवल प्रतियोगिताको जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीले शुभारम्भ गर्नु भएको छ ।
पोखराको मालेपाटन खेल मैदानमा संचालन हुने उक्त प्रतियोगितामा ६ टिम सहभागी रहेको छ ।
क्यूपेक जिल्ला अध्यक्ष तिर्थ मगरको अध्यक्षतामा भएको उद्धघाटन समारोहको सञ्चालक बिशाल चौधरीले र स्वागत जिवन लामाले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पतालमा फागुण १३ गते विस्तारित भेला सम्पन्न भएको छ ।
युनियनका अध्यक्ष गोविन्द नाथ योगीको अध्यक्षतामा, संचालन सचिव अनिल कुमार सिंहले गर्नु भएको सो भेलामा केन्द्रीय सदस्य शशिकमला लामिछाने लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।
भेलाले सदस्यता नवीकरण, सामूहिक सौदाबाजी, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, वेतन वृद्धि लगायतका विषयमा छलफल भएको पोखराबाट अनिल कुमार सिंहले जानकारी दिनु भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्टु) को धरानस्थित बिपी प्रतिष्ठान इकाई कमिटीको फागुण ११ गते सम्पन्न चौथो अधिवेशनले रत्न नेम्वाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
कोशी प्रदेशसभा सदस्य विजयकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई लगायतका नेताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेपाल बिजुली ,पेन्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक-नेपाल) काठमाडौँ महानगर कमिटीको फागुण १० गते सम्पन्न तेस्रो अधिवेशनले पुर्णमान महर्जनको अध्यक्षतामा १३ सदस्यीय महानगर कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) सचिव बेलीमाया घलेको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा क्यूपेक-नेपाल केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्मा, महासचिव राजेन्द्र विष्ट, सदस्य मिङमार गोपाल शेर्पा, जिफन्ट बागमती प्रदेश सहसचिव गोपाल कार्की लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यसै गरी सोही दिन क्युपेक नेपाल कास्की जिल्लाको पोखरा महानगरको १५ नं वडाको ७ औ अधिवेशन सम्पन्न भयो ।
अधिवेशनले टक खुलाल मगरको अध्यक्षतामा ९ सदस्य कमिटी चयन गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) केन्द्रीय कमिटीको आयोजनामा फागुण १० गते बागमती प्रदेश स्तरीय अटो- इन्जिनियरिङ क्षेत्रमा कार्यरत श्रमिकहरूको प्रथम भेला काठमाण्डैमा सम्पन्न भयो ।
भेलाका प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले अटो मेकानिक्स क्षेत्रमा तिब्र रूपमा भएको प्रविधिको विकास अनुसार यस क्षेत्रका श्रमिकहरूले पनि आफ्नो दक्षतालाई विकास गर्नु पर्ने बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले समय सैगै अयको परिवर्तनलाई अत्मासात गर्दै विश्व ट्रेड युनियन आन्दोलनलाइ पनि सोही ढङ्गबाट विकास र बिस्तार गर्नु पर्नेमा जोड दिनु हुँदै जिफन्ट यस विषयमा सजग र सचेत रहेको बताउनु भयो ।
नाटु केन्द्रीय अध्यक्ष प्रदीप धमिरेको अध्यक्षतामा भएको सो भेलाले प्रेम कुमार पटेराको अध्यक्षतामा १९ सदस्यीय बागमती प्रदेश स्तरीय अटो-इन्जिनियरिङ कमिटी गठन गरेको छ ।
भेलामा सहभागीहरूलाई लेथ सम्बन्धी प्राविधिक प्रशिक्षण समेत प्रदान गरेको थियो ।