Home Affiliates Activities

नाबुनद्धारा दक्षता अभिबृद्धी तालिम सम्पन्न

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) काठमाणडै जिल्लाको तारर्केश्वर नगर कमिटीले फागुण ६ र ७ गते २ दिने सोन्दर्यकर्मिहरूको दक्षता अभिबृद्धी तालिम सम्पन्न गरेको छ । 

१५ जना नाबुन सदस्यहरू सहभागिता रहेको सो तालिमको शुभारम्भ नाबुन केन्द्रीय सदस्य मिना गुरुङ डंगोलले गर्नु भएको थियो ।
 

एन्टारटिक बिस्कुट प्रा.लिको आन्दोलन परिचालन कमिटी गठन

हेटौंडा औद्योगिक क्षेत्रको एन्टारटिक बिस्कुट प्रा.लि. व्यवस्थापन पक्षले गैह्र कानुनी तरीकाले एकै पटक ९७ जना श्रमिकहरूलाई निस्कासन गरिएको विरुद्धमा फागुन १ देखि जारी आन्दोलनलाई  सशक्त बनाउने भएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश र समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) को फागुण ४ गते हेटौंडा स्थित जिफन्ट प्रदेश कार्यालयमा बसेको संयुक्त बैठकले जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ६ गते पत्रकार सम्मेलन र ७ गते हेटौडामा व्यापक विरोध कार्यक्रम गर्ने निर्णय लिएको छ ।

ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामी, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायतका नेताहरूको सहभागी रहेको सो बैठकले  ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरिङ कमिटी समेत निर्माण गरिएको हेटैंडाबाट केशव  अधिकारीले श्रमिक खवरलाइ जानकारी दिनु भएको हो  । 
 

यातायात मियांपाटन इकाईको अध्यक्षमा ज्ञान बहादुर गुरुङ

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अयोजनामा फागुण ४ गते सम्पन्न कास्की जिल्लाको मियांपाटन इकाई भेलाले ज्ञान बहादुर गुरुङको अध्यक्षतामा  ९ सदस्य कमिटी चयन गरेको छ । 

संगठनका प्रतिनिधि परिषद् उप–प्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यतामा, केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेश इन्चार्ज बिष्णु बहादुर पराजुली ,गण्डकी प्रदेश अध्यक्ष बिष्णु खत्रीको अतिथि रहनु भएको सो भेलाले ४ सदस्य सल्हाकार समेत चयन गरेको छ ।

 

एन्टार्टिक बिस्कुटमा धर्ना जारी

मकवानपुर जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट प्रा लिको व्यवस्थापकले गैरकानुनी ढङ्गबाट निस्काशित श्रमिकहरूलाई बिनाशर्त पुनर्बहाली गर्नु पर्ने र व्यवस्थापकबाट भएका अनुचित श्रम अभ्यास बन्द गर्नु पर्ने लगायतका माग राखी गत फागुण १ गते देखी बिहान १ घण्टा समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) ले कारखानाको मुलगेटमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । 


 

सुनचाँदी तथा धातुकला श्रमिकहरूको भेला सम्पन्न

नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले फागुण ३ गते जिफन्ट स्कुलमा सुनचाँदी धातुकलामा कार्यरत श्रमिकहरुको भेला सम्पन्न गरेको छ । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा हुन अध्यक्ष चन्द्र सागर लामा लगायतका नेताहरूले संगठनको महत्व, काम कर्तब्य र योगदानमा आधारित सामाजिक सुरक्षाका बारेमा प्रकास पार्नु भएको थियो 
 

नेभाले १६औं स्थापना दिवस मनायो

नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) को १६औं स्थापना दिवसको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्नु हुँदै,  नेभाले स्थापना कालदेखी प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै आगामी दिनहरूमा थप हक तथा हित प्राप्तिको लागि अगाडी बढ्नु पर्ने बताउनु भएको छ । 

नेभाको स्थापना दिवसको सन्दर्भमा फागुण ३ गते जिफन्ट सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

नेभा अध्यक्ष गिता थिङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया गुरुङले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन नेभा महासचिव निल कुमारी महर्जनले र स्वागत सीता लामाले गर्नु भएको थियो ।


फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122140248158435116&type=3