Home Affiliates Activities

क्यूपेक युवा कमिटी अध्यक्षमा राजेन्द्र लम्साल

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले संसारका हरेक परिवर्तनहरू युवाहरूको शक्तिबाट नै हुने गरेको भन्नु हुँदै नेपालको श्रम बजारमा देखिएका चुनौतीहरूलाइ पनि सामना गर्न युवा श्रमिकहरू नै लाग्नु पर्ने बताउनु भयो ।

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)द्वारा चैत्र २० गते काठमाण्डैमा आयोजित युवा राष्ट्रिय सम्मेलनमा सो कुरा बताउनु भएको हो ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्धधाटन गर्नु भएको सो सम्मेलनमा जिफन्ट उपमहासचिव नरनाथ लुईटेल, जिफन्ट युवा अध्यक्ष बिकि श्रेष्ठ, क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो । 

सम्मेलनले  राजेन्द्र लम्सालको अध्यक्षतामा  ९ सदस्य केन्द्रीय युवा कमिटी चयन गरेको छ ।  


 

कृषि श्रमिक संघ नेपाल (फान)को बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध कृषि श्रमिक संघ नेपाल (फान) ले सदस्यता बिस्तार, पालिका कमिटी गठन तथा पुनरगठन, र अधारभुत प्रशिक्षण कार्यक्रम देश ब्यापी संचालन गर्ने निर्णय गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र उपाध्यक्ष बिदुर कार्कीको सहभागितामा चैत्र २० गते जिफन्ट स्कुल अनामनगरमा सम्पन्न योजना बैठकले दिपक थापा, कर्ण हमाल, सुशीला घिमिरे, सदन प्रसाद र ईश्वरी थापालाइ केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । 

फान अध्यक्ष पुर्ण केसीको अध्यक्षतामा महासचिव प्रदिप कुमार चौधरीले बैठकको संचालन गर्नु भएको थियो ।
 

१०% सेवा शुल्कको पुनः प्राप्तीकोलागी सरकारसंग लबिङ गर्ने

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को नेतृत्व र नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) सचिवालय बिच चैत्र १८ गते जिफन्ट कार्यालयमा होटल क्षेत्रमा गुमेको १०% सेवा शुल्कको पुनः प्राप्तीकोलागी जारी आन्दोलन र आगामी कार्यक्रमको बिषयमा छलफल भएको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेस्वहोमयु लगायत अन्य दुइ ट्रेड युनियनले अगाडी बढाएको आन्दोलनलाइ सफल बनाउन रणनीतिगत रूपमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको छलफलमा १०% सेवा शुल्क पुन:प्राप्तिकोलागि सरकारसंग लबिङ गर्ने, ब्यवस्थापिका संसदबाट नीति बनाएर संबैधानिक अधिकार सहितको १०% सेवा शुल्क उपलब्ध गर्न माननीय ज्युहरुसंग संस्थागत लबिङ र सेवा शुल्कलाई पुनः प्राप्तिको लागि सम्बन्धित प्रतिष्ठानहरुमा आवस्यकताको आधारमा दवाब मुलक आन्दोलन गरिने बारे छलफल भएको छ । 
 

चिया तथा कफी क्षेत्रमा श्रम कानुन कार्यान्वयनकालागि कोशी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापन पत्र बुझायो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध चिया कफी श्रमिक युनियन नेपालले कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीलाई समक्ष चैत्र १७ गते श्रम ऐन, समान ज्याला, योगदानमा आधारित सामाजिक सुरक्षा र श्रमिक पंजिकरण लगायतका मागहरू कार्यान्वयनकालागि ज्ञापन पत्र बुझाएको छ । 

जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई चिया कफी श्रमिक युनियन नेपालका केन्द्रीय प्रतिनिधि लगायतका टोलीले मुख्यमन्त्री कार्कीलाई बुझाएको ज्ञापन पत्रमा  श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको भए पनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिँदा श्रमिकहरुमाथि विभेद भएको र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गर्न माग गरेको छ । 

त्यसैगरी सरकारले सबै श्रमिकहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा लगेको भए पनि बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई उक्त कोषमा सहभागी नगराएको र श्रमिकहरुको पञ्जीकरण र कानुन कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक पहल गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ । 

ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले चिया तथा कफी क्षेत्रलाई प्रवर्धन र विकासका लागि कोशी प्रदेश सरकारले विशेष योजना बनाएको बताउनु हुँदै सय वर्ष इतिहास बोकेको चिया बगान क्षेत्रका श्रमिकहरुमाथिको यो विभेदका कारणहरु खोजी गरी क्रमिक सुधार गर्दै श्रमिकहरुको जीवनसंग मेल खाने गरी सुधार गर्दै जाने बताउनुभयो ।


 

चिया श्रमिक युनियन नेपालका संस्थापक अध्यक्ष रुपचन उराउको २९ औ स्मृति सभा सम्पन्न

चिया कफि श्रमिक युनियन नेपालका संस्थापक अध्यक्ष रुपचन उराउको २९ औ स्मृति सभा चैत्र १७ गते झापामा सम्पन्न भएको छ । 

स्वर्गीय उराउको शालिकमा माल्यार्पण गरी सुरू गरेको सो स्मृती सभामा नेकपा एमाले केन्द्रीय सदस्य रबिन कोइराला, मिना उप्रेती, बागमती प्रदेश पुर्व प्रमुख विष्णु प्रसाईँ, मेचिनगर प्रमुख गोपालचन्द्र बुढाथोकी एमाले मेचिनगर अध्यक्ष राजु कार्की लगायतले रुपचन उराउले नेपालको ट्रेड युनियन आन्दोलनमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्नु हुँदै भएको थियो ।

गोकर्ण फरेष्ट रिसोर्ट ब्यवस्थापकसंग भएका सहमतीहरू तुरून्त कार्यान्वयनकालागी ज्ञापन पत्र पेश

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) र अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेण्ट संघ, गोकर्ण फरेष्ट रिसोर्टले बिगतमा ब्यवस्थापकसंग भएका सहमतीहरू तुरून्त कार्यान्वयनकालागी चैत्र १७ गते रिसोर्ट ब्यवस्थापक समक्ष ज्ञापन पत्र बुझाएको छ ।

गोकर्ण फरेष्ट रिसोर्टमा कार्यरत श्रमिकहरूको हस्ताक्षर सहित बुझाएको सो ज्ञापन पत्र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), एनटियुसी, अन्टुफ र श्रम कार्यालयलाइ बोधार्थ दिएको हो ।