नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध स्पोर्टस् युनियन, नेपाल (सन)को पाँचौ स्थापना दिवसको सन्दर्भमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले शुभकामना दिनु भएको छ ।
अध्यक्ष श्रेष्ठले चैत्र १६ गते भिडियो सन्देश मार्फत यो संगठनको स्थापना दिवस मनाइरहँदा समग्र खेल क्षेत्रका खेलकर्मी खेलाडीलाई एउटै छातामुनि एकताबद्ध गर्न सफल भएको यस संगठनले योगदानमा आधारित सामाजिक सुरक्षा र मर्यादित कामलाइ सम्पूर्ण खेल क्षेत्रमा लागू गर्न गराउन र खेल क्षेत्र समृद्ध बनाउने महाअभियानमा लाग्नेछ भन्ने बिश्वास सहित स्थापना दिवसले थप प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गर्नु भएको छ ।
स्थापना दिवसको सन्दर्भमा सन केन्द्रीय कमिटीद्धारा काठमाडौंको पुरानो बानेश्वरमा जिफन्ट उपाध्यक्ष विदुर कार्किको प्रमुख आतिथ्यता र अध्यक्ष सीता लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
जिफण्ट आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले चैत्र ९ गते, काठमाडौँ महानगरपालिका मैतिदेवी ईकाई भेला सम्पन्न गरेको छ । भेलाले लक्ष्मी निरौलाको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ ।
भेलामा काठमाडौं महानगरपालिका मैतिदेवीमा बसोवास गर्ने हुन सदस्यहरूलाइ सरफ बनाउने तालिम समेत प्रदान गरेको थियो ।

त्यसैगरी चैत्र १४ गते हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको उपस्थितिमा चन्द्रागिरी नगरपालिकामा सम्पन्न भेलाले ललिता अधिकारीको अध्यक्षतामा ७ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आवद्ध स्पोर्टस् युनियन, नेपाल (सन)ले पाँचौ स्थापना दिवसको सन्दर्भमा अजरबैजानको बाकुमा र गोवामा चौथौं एसियन कपमा बिभिन्न खेल प्रतियोगितामा भाग लिएर विजेता हुनुभएका खेलाडी र प्रशिक्षकहरुलाई चैत्र १६ गते सम्मानित गरेको छ ।
कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्किले स्थापना दिवसको शुभकामना दिनु हुंदै खेल क्षेत्रमा कृयाशील खेलकर्मीहरूलाइ आफ्नो अधिकार र मर्यादित जिवन यापनकालागि संगठीत हुनुको बिकल्प नरहेको बताउनु भएको छ ।
सन अध्यक्ष सीता लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेष्ट अध्यक्ष माया गुरूङ, बिधालय खेलकुद महासंघ (SSF) का महासचिव राजकुमार कार्कीले स्थापना दिवसको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122146415852435116&type=3
जिफण्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीको चैत्र १६ गते सम्पन्न चौथो अधिवेशनले बसन्ती गुरुङको अध्यक्षतामा १७ सदस्यीय महानगर कमिटी निर्वाचित गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाहरूको नेतृत्व विकास लागि महानगरपालिकाले सधैँ सहयोग गर्ने बताइन ।
जिफन्ट कोसी प्रदेशका अध्यक्ष किशोर धमलाले राज्यले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गरेर अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको बताउदै जिफन्टले यो विषयलाई पहिलो प्राथमिकतामा राख्दै काम गरीरहेको बताउनु भयो ।
जिफन्ट कोसी प्रदेश युवा कमिटी अध्यक्ष भली सुब्बाले सौन्दर्यकर्मीहरू एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु हुंदै नाबुन जहिले पनि जिफन्टको नीति र परिधीमा रहेर आफ्नो काम कर्तव्यमा दृढ रहने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नावुन केन्द्रीय सदस्य गङ्गा तामाङ, नावुन कोसी प्रदेश अध्यक्ष कला डाँगी, सायदा तवसुम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सोही अवसरमा श्रमिकहरूको हकहितमा लामो समयदेखि काम गर्दै आएका मुरारी प्रसाद भट्टराई र नावुन कोसी प्रदेशको पूर्व उपाध्यक्ष ललिता धिमाललाई सम्मान समेत गरिएको थियो ।
नेपाल ट्रेड युनिणन महासंघ (जिफण्ट) आवद्ध जुट, गार्मेन्ट, कार्पेट, टेक्सटायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु)ले एस एच कार्पेटको चैज्ञ १६ गते सातौ अधिबेशन सम्पन्न गरेको छ ।

जिफन्ट सचिब क कृष्ण के सि, जुगकाटेमयु उपाध्यक्ष फुलमाया लामा लगायतका अतिथीहरू सहभागी सो अधिवेशनले कोपिला श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

निर्वाचित कमिटीलाइ जुगकाटेमयु केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले पद तथा गोपनिताको सपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा तनहुं जिल्लाको खैरेनीटार दुलेगौंडा इकाई भेला चैत्र १६ गते संगठन प्रतिनिधि परिषद उपप्रमुख कर्ण सिं गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न गरेको छ ।
भेलाले गोपाल पगेनिको अध्यक्षतामा १३ सदस्यीय कमिटी र ३ सदस्यीय सल्लाहकार कमिटी गठन निर्वाचित गरेको छ ।