नेपाल ट्रेड युनियन महासघै (जिफण्ट) आवद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ "नेभा"द्वारा चैत्र १२ गते स्वास्थ्य स्वयंसेवीहरुको समस्याको सन्दर्भमा बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामा तामाङ र स्वास्थ्य मन्त्री किरण थापा समक्ष ७ बुंदे मागपत्र पेश गरेको छ ।
नेभा अध्यक्ष गिता थिंगको नेतृत्वमा प्रदेश राजधानी हेटौंडामा मुख्य मन्त्री तामाङ र स्वास्थ्य मन्त्री थापा संग छुट्टाछुट्टै भेटी गरी माग पत्र बुझाएको हो ।

जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल लगायत नेभा केन्द्रीय नेताहरू सहभागी रहनु भएको सो प्रतिनिधि मण्डललाई स्वास्थ्य स्वयंसेवीहरुको समस्यालाइ समाधान गर्ने सन्दर्भमा मुख्य मन्त्री तामाङ र स्वास्थ्य मन्त्री थापाले सकारात्मक आश्वासन दिनुभएको जिफन्ट प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले जानकारी दिनु भएको छ ।

भेटको क्रममा बागमती प्रदेशका कृषि मन्त्री प्रकाश श्रेष्ठ र सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको समेत उपस्थिति रहेको थियो ।
नेपाल बिजुली, पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल)द्वारा झापा जिल्लाको हल्दीवारी गाउँपालिका कमिटीको तेस्रो अधिवेशन चैत्र ११ गते सम्पन्न गरेको छ ।
अधिवेशनले कृष्ण बहादुर राजवंशीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ।
कास्की जिल्लाको चाउथेमा घर निर्माणको क्रममा चैत्र ८ गते १ जना श्रमिकको मुत्यु भएको छ ।
उदयपुर त्रियुगा नगरपालिका १२ धर भइ पोखरामा निर्माण सम्बन्धी काम गर्दै आउनु भएका निराजन बि. क. ठेकदार हितकाजी नेपाली मार्फत चाउथे स्थित कृष्णराज सुबेको घर निर्माण गर्ने गर्ने क्रममा दुई तल्लाबाट खसी घटना स्थलमै मृत्यु भएको हो ।
क्युपेक नेपाल कास्की जिल्ला कमिटीको पहलमा मृतकको परिवारलाई श्रम ऐन अनुसार क्षतिपुर्ति दिलाई मृतक बिकको शवलाइ घर सम्म पुर्याउने ब्यवस्था गरेको छ ।
नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट)ले कंचनपुर जिल्लाको भिमदत्तनगर ठेला बजार इकाई कमिटीको तेस्रो अधिवेशन चैत्र ८ गते सम्पन्न गरेको छ।
अधिवेशनले वीर सिंह धामीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

त्यसैगरी चैत्र १० गते सम्पन्न नेष्ट भिमदत्त नगर कमिटीको तेस्रो अधिवेशनले कृति बहादुर शाहीको अध्यक्षतामा ७ सदस्यीय र उर्मिला नेपालीको अध्यक्षतामा ३ सदस्य महिला कमिटी निर्वाचित गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशद्धारा चैत्र ७ गते दुर्घटनामा परि घाइते हुनु भएका संगठनका सदस्यहरू वीर बहादुर महत्तालाई ७० हजार ३२०, सन्जु खत्रीलाइ र १८ हजार ५०० र जित बहादुर खत्रीलाई १०हजार नगद स्वास्थ्य लाभको कामना सहित हस्तान्तरण गरेको छ ।
त्यसैगरी सोहिदिन संगठन दाङ जिल्ला कमिटीले संगठनका सदस्य स्व.हरि डाँगीकी श्रीमती बिना डाँगीलाई नगद १ लाख र लुम्बिनीका संस्थापक अध्यक्ष यम के सी लाई चैत्र १० गते संगठन केन्द्रीय सल्लाहकार प्रमुख ध्यान बहादुर राई मार्फत नगद १० हजार उपचार खर्च सहयोग हस्तान्तरण गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनुषा जिल्ला कमिटीको चैत्र १० गते सम्पन्न सातौ जिल्ला अधिवेशनले धनञ्जय मिश्रको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झाको प्रमुख अतिथ्यमा सम्पन्न सो अधिवेशनमा संगठनका केन्द्रीय महासचिव केशब थापा निरू, जिफन्ट बरिष्ठ युनियनकर्मी संजाल सदस्य रामनरेश सिंह लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।