१०% सेवा शुल्कको पुनः प्राप्तीकोलागी सरकारसंग लबिङ गर्ने

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को नेतृत्व र नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) सचिवालय बिच चैत्र १८ गते जिफन्ट कार्यालयमा होटल क्षेत्रमा गुमेको १०% सेवा शुल्कको पुनः प्राप्तीकोलागी जारी आन्दोलन र आगामी कार्यक्रमको बिषयमा छलफल भएको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेस्वहोमयु लगायत अन्य दुइ ट्रेड युनियनले अगाडी बढाएको आन्दोलनलाइ सफल बनाउन रणनीतिगत रूपमा अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको छलफलमा १०% सेवा शुल्क पुन:प्राप्तिकोलागि सरकारसंग लबिङ गर्ने, ब्यवस्थापिका संसदबाट नीति बनाएर संबैधानिक अधिकार सहितको १०% सेवा शुल्क उपलब्ध गर्न माननीय ज्युहरुसंग संस्थागत लबिङ र सेवा शुल्कलाई पुनः प्राप्तिको लागि सम्बन्धित प्रतिष्ठानहरुमा आवस्यकताको आधारमा दवाब मुलक आन्दोलन गरिने बारे छलफल भएको छ ।