Home Affiliates Activities

ह्वीन नेपाल ग्यास र माछापुच्छ्रे ब्रिकमा अधिवेशन सम्पन्न

समग्र उधाग ट्रेड युनियन नेपाल (ह्वीन)द्धारा चैत्र १६ गते सम्पन्न बारा जिल्लाको जितपुर सिमरामा रहेको नेपाल ग्यास प्रालीको १२ औं अधिवेशनले राम बहादुर यादवको अध्यक्षतामा ९ सदस्य कमिटी गठन गरेको छ ।

नव निर्वाचित कमिटीलाइ ह्वीन केन्द्रीय अध्यक्ष आनन्द थामीले पद तथा ,गोपनिताको सपथ ग्रहणा गराउनु भएको सो अधिवेशनमा व्हिन केन्द्रीय सचीव गीता भण्डारी, प्रदेश सचीव प्रेम चौधरी र नेकपा एमालेका नेता एकनाथ ढकाल लगाएतले शुभकामना मन्तबय राख्नु भएको थियो ।

त्यसैगरी सोहीदिन तनहुँ जिल्लाको माछापुच्छ्रे ब्रिक ईकाइ कमिटिको १२ औं अधिवेशनले कुष्ण बहादुर थापाको अध्यक्षमा सात सदस्य कमिटी चयन गरेको छ ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन घोराहीको अध्यक्षमा नोम बहादुर बुढाथोकी चयन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दाङ जिल्लाको घोराही पालकाको चैत्र १६ गते सम्पन्न तेस्रो अधिवेशनले नोम बहादुर बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटि र ५ सदस्य सल्हाकार कमिटी चयन गरेको केन्द्रीय कमिटी उपमहासचिव खगेन्द्र बहादुर वलीले जानकारी दिनुभएको हो । 

धन बहादुर पुनको अध्यक्षतामा संगठनका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद गैरेको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा, प्रदेश अध्यक्ष मोहन बहादुर क्षेत्री, जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकी, जिफन्ट प्रदेश सदस्य शिवराज पन्थी लगायका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । 

नव निर्वाचित कमिटीलाइ पद तथा गोपनिताको सपथ ग्रहण अर्जुन अधिकारीले गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव बसन्त चौधरीले गर्नुभएको थियो  ।
 

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा बाग्मती प्रदेश अगुवा भेला

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा बाग्मती प्रदेश मातहत अगुवा भेला चैत १३ गते जिफन्ट सभा हलमा सम्पन्न गरेको छ । 

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) महासचिब लक्ष्मण शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न सो भेलामा २० बर्षे सवारी साधन र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वान बिषयमा छलफल भएको थियो ।

जुगकाटेमयु कैलाली जिल्ला अध्यक्षमा अनिता श्रेष्ठ चयन

नेपाल ट्रेड युनियन महासघ (जिफण्ट) आवद्ध जुट, गारमेन्ट, कार्पेट, टेक्टायल मजदुर युनियन, नेपाल (जुगकाटेमयु) कैलाली जिल्ला भेला चैत्र १३ गते सम्पन्न भएको छ । 

जिफन्ट सुदुरपस्चीम प्रदेस उपाध्यक्ष ठक्कर बिष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न सै भेलाले अनिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जुगकाटेमयु कैलाली जिल्ला कमिटी गठन गरेको छ । 

भेलामा प्रदेस जिफन्ट सुदुरपस्चीम प्रदेस सचिव चन्द्र प्रकाश गैह्रे, जिफन्ट कैलाली जिल्ला समन्वय कमिटी संयोजक सुमित कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

बैजनाथ गाउँ पालिकामा कृषी श्रमिक भेला सम्पन्न

जिफन्ट आवद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) द्वारा बाँके जिल्लाको बैजनाथ गाउँ पालिकामा चैत्र १२ गते कृषी श्रमिक भेला सम्पन्न गरेको छ ।

फापुन केन्द्रीय अध्यक्ष पुर्ण केसीको प्रमुख अतिथ्यतामा भएको सो भेलाले ५ सदस्य पालिका सम्पर्क कमिटी गठन गरेको छ । 
 

ह्वीन स्वस्तिक आयलको अध्यक्षमा पुरन लाल माझि चयन

जिफन्ट आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) स्वस्तिक आयल प्रालीको चैत्र १२ गते सम्पन्न चौथो अधिवेशनले पुरन लाल माझिको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष ललन रायको अध्यक्षतामा जिफन्ट कोशी अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, केन्द्रीय सदस्य बिजय मण्डल नेकपा एमाले कोशी प्रदेश सदस्य सत्य नारायण चौधरी लगायतका अतिथीहरूको सहभागीता रहेको थियो ।