जिफन्ट आबद्ध युनिट्राभ एयरपोर्ट इलाका कमिटिले हरीतालिका तीजको अवसरमा भाद्र १ गते शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तीजको शुभकामना दिनु हुंदै तीज केवल सांस्कृतीक चाड मात्र नभइ महिलाहरूले वर्ष भरी गरेका कामहरूको थकाइलाइ बिर्सेर नया उर्जाका साथ अगाडी बढ्न प्रेरीत गर्ने पर्व पनि रहेको बताउनु भएको छ ।
जिफन्ट उपाध्यक्ष सीता लामाले तीज पर्वले श्रमिक महिलाहरूको हक अधिकार प्राप्तीकालागी श्रमिक महिलाको एकता प्रदर्शन गर्न प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिफन्ट उपमहासचिब कमला तामाङ, सचिब बिजया खड्का, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, युनिट्राभ अध्यक्ष सुमन पराजुली, महासचिब राम बहादुर थापा लगायतका अतिथीहरूको उपस्थीतीमा रहेको थियो ।
जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) गण्डकी प्रदेश कमिटी र पोखरा महानगर कमिटीको संयुक्त आयोजनामा हरितालिका तीज २०८२ को सन्दर्भमा भाद्र १ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नाबुन प्रदेश अध्यक्ष सुश्मा शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानीय तह समन्वय परिषद संयोजक मिना गुरुङको प्रमुख अतिथ्यतामा, नाबुन केन्द्रीय संयोजक पम्फा पहारी, जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुमन गुरुङ र जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री लगायतका अतिथीहरूको उपस्थीती रहेको थियो ।
त्यसैगरी भाद्र २ गते नाबुन सुदुरपश्चिम प्रदेश कमिटीले पनि हरीतालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेस्वहोमयूको होटल अलफ्ट प्रतिस्ठानले व्यवस्थापक समक्ष जेठ २९ गते राखेको २९ बुंदे मागको सन्दर्भमा ट्रेड युनियन र व्यस्थापकबीच सामुहिक सौदाबाजी भएको छ ।
आगामी २ वर्षकालागि भएको सम्झौतामा रू १३५० आधारभुत तलब र रू ९०० महंगी भत्ता गरी जम्मा रू २२५० बृद्धी गर्ने र करारमा रहेका श्रमिकहरूलाइ क्रमशः नियमित रोजगारीमा रूपान्तरण गर्दै जाने बिषयमा सम्झौता भएको छ ।
जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा काठमाण्डौको टेकु क्षेत्रमा लोड अनलोडमा कार्यरत श्रमिकहरूको भेला सम्पन्न गरेको छ ।
संगठन उपाध्यक्ष नवराज घिमिरेको प्रमुख अतिथ्यतामा साउन ३१ गते सम्पन्न भेलाले ठाकुर नगरकोटीको अध्यक्षतामा ११ सदस्य ईकाइ कमिटी र २ सदस्य सल्हाकार कमिटी चयन गरेको छ ।
भेलामा संगठन महासचिव केशब थापा निरू, बागमती प्रदेश सचिव शिव कुमार श्रेष्ठलगायतका अतिथीहरूको उपस्थीती रहेको थियो ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभाको पनौती नगर कमिटीको साउन ३० गते सम्पन्न भेलाले कल्पना थापाको अध्यक्षतामा सात सदस्यीय नगर कमिटीको गठन गरेको छ ।
जिफन्ट वागमती प्रदेश सह सचिव शान्ती कार्किको प्रमुख आतिथ्यतामा भएको भेलामा जिफन्ट पनौती नगर कमिटी अध्यक्ष सुनिल धोजु लगायतका अतिथिहरको उपस्थीती रहेको थियो ।
जिफन्ट आबद्द राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) काठमाण्डौ महानगर कमिटिद्वारा साउन ३० गते दक्षता अभिबृद्धी तालिम सम्पन्न गरेको छ ।

तालिमको शुभारम्भ गर्नु हुंदै जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले तालिमले सहभागीहरूको सीपमा बिकास, ब्यवहारमा परीवर्तन, ज्ञानमा बिकास र दक्षतामा बृद्धी भयो भने तालिम सफल हुने बताउनु भएको छ ।
नाबुन महानगर कमिटी अध्यक्ष दिविसा कोइरालाको अध्यक्षतामा, अर्थिक सचिब मिना लामाले संचालन गर्नु भएको तालिमको शुभारम्भमा नाबुन सचिब सुजना जोशीले तालिमको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

काठमाण्डो महानगरका बिभिन्न पार्लरमा कार्र्यरत सौन्दर्यकर्मीहरूलाइ दिविसा कोइराला र मिना लामाले आईलाईसेस एक्सटेन्सन, वाटरप्रुफ ब्राईडल मेकअप र ब्लोडाई सेडिङ बिषयमा तालिम दिनु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122164777550435116&type=3