Home Affiliates Activities

नाबुन बागमती प्रदेश कमिटीद्वारा ३ दिने दक्षता अभिबृद्धी तालिम सुरू

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बागमती प्रदेश कमिटीद्वारा माइक्रोसेडिङ र रसियन हेयरस्टाईल सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । 

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले साउन २१ गते  तालिमको शुभारम्भ गर्नु हुँदै समयको परिवर्तनसँगै आफूले जानेका सीपलाई समय अनुकूल निखारिँदै जानु पर्ने भन्दै तीव्र रूपमा भइरहेको प्रविधिको विकाससँगै श्रमिकहरूले पनि बदलिँदो समय र परिस्थिति अनुकूल आफूलाई पनि परिवर्तन गर्न सक्नु पर्ने बताउनु भएको छ ।

तालिमको शुभारम्भ कार्यक्रममा नाबुन सचिव सुजना जोशीले नाबुनले नियमित रूपमा युनियनका सदस्यहरूको दक्षता अभिवृद्धि तालिम सञ्चालन गर्दै आइरहेको बताउनु भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष करुणा पुरीले गर्नु भएको थियो भने सञ्चालन सचिव सरिता सिवाकोटीले गर्नु भएको थियो । 

चन्द्रकला छन्त्याल र सोनिया राईले माइक्रोसेडिङ र रसियन हेयरस्टाइल सम्बन्धी दिने तालिम ३ दिनसम्म सञ्चालन हुने छ ।
 

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122163718532435116&type=3

नाबुन बागमती प्रदेश अध्यक्षमा करूणा पुरी चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को साउन २० गते सम्पन्न बागमती प्रदेशको तेस्रो अधिवेशनले करूणा पुरीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ । 

अधिवेशनको उद्धघाटन गर्नु हुंदै जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले श्रम संसारमा आएको परिवर्तन संगै युनियन आन्दोलनलाई पनि सोही ढंगबाट परिस्कृत गर्दै लानु पर्ने बताउनु हुंदै जिफन्टको १२ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले गरेका निर्णयलाई कार्यान्वय गर्न यूनियनहरूको भुमिका महत्वपूर्ण हुने कुरामा जोड दिनु भयो ।

अधिवेशनमा नाबुन केन्द्रीय संयोजक पम्फा देवकोटा पहारी, सचिब सुजना जोशी , जिफन्ट बागमती प्रदेश महिला कमिटी सचिब सुनिता भन्डारी लगायतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमा जिफन्ट बागमती प्रदेश सदस्य शान्ती श्रेष्ठ, नाबुन कोशि प्रदेश अध्यक्ष प्रेमकला डागी  लगाएतको उपस्थिति रहेको थियो । 


कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122163620072435116&type=3

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको उपत्यका स्तरीय भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बैशाख ४ गते जिफन्ट सभाहलमा उपत्यका स्तरीय भेला सम्पन्न गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको सो भेलामा सवारी तथा यातायात एन, सामाजिक सुरक्षा, मे दिवस आदि बारेमा छलफल भएको थियो ।

 

नेभाद्वारा कर्णाली प्रदेश सरकार समक्ष मागपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वास्थ्य स्वयंसेविका संघ (नेभा) ले स्वास्थ्य स्वयंसेविहरूको उचित सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका विषयमा बैशाख २ गते कर्णाली प्रदेश मुख्य मन्त्री यमलाल कडेल र बैशाख ३ गते कर्णाली प्रदेश सामाजिक विकास मन्त्री धनस्याम भण्डारी  समक्ष मागपत्र बुझाइएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेविका संघ केन्द्रीय सदस्य   भिमु रिजालको नेतृत्वमा जिफन्ट नगर कमिटी  अध्यक्ष बिना कुमारी हमाल लगायतका नेताहरूले बुझाएको सो माग पत्रमा स्वयंसेविकाहरूका मागलाई मुख्य मन्त्रीले आगामी  दिनमा प्रदेश सरकारले सम्बोधन गर्ने बताउनु भयो ।
 

युनिट्राभले मनायो ४२ औँ स्थापना

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टको संस्थापक घटक युनियन युनिट्राभको ४२ औँ स्थापना दिवस बैशाख ३ गते जिफन्ट सभाहलमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रम प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तत्कालीन निरंकुश पञ्चायती तानाशाही कालको कठिन भूमिगत अवस्थामा २०४० साल वैशाख १ गते नेपाल ट्रेकिङ मजदुर सङ्घको नामबाट हालको युनिट्राभ स्थापना भएको बताउनु हुँदै २०४६ सालमा नेपालको पर्यटन क्षेत्रका मजदुरहरूको हक अधिकारको लागि ८४ सूत्रीय मागपत्र नेपाल सरकारलाई पेश गरेको यस संगठनले २०४७ सालको प्रजातन्त्र पुन स्थापनापछि ट्रेकिङ मजदुरहरूको मर्यादित काम र उचित ज्यालाका लागि कार्य सुरु गरेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले युनियनको प्रभाव र सक्रियताको फलस्वरूप कल्याणकारी कोष, ज्याला वृद्धि, बिमा रकमको वृद्धि,  लगायत विभिन्न हिमालको बेस क्याम्प नदी ताल तलैया सिमसार क्षेत्र सरसफाई अभियान सञ्चालन निरन्तर गरीरहने पहिलो संस्थाको रुपमा यो युनियन स्थापित भएको भन्नु हुँदै यस क्षेत्रमा काम गर्ने श्रमिकहरूकोलागि गर्नु पर्ने काम घेरै बाँकी छ, ती कामहरूलाई सम्पन्न गर्न संगठीत शक्ति बिना पुरा नहुने जिकिर गर्नु हुँदै प्राप्त उपलब्धिको रक्षा र थप प्राप्तिकालागि र यस क्षेत्रमा रहेका चुनौतीहरूलाई सामना गर्न स्थापना दिवसले थप प्रेरणा मिल्ने विश्वास सहित मर्यादित कामको आन्दोलनमा जिफन्ट सधैँ अग्रभागमा रहेर साथ सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बहादुर श्रेष्ठले संचालन गर्नु भएको सो कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेस्वहोमयू अध्यक्ष लक्ष्मण तिवारीले शुभकामना मन्तब्य राख्नु  भएको थियो ।
थप् फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122148798488435116&type=3

ह्वीनले नेपाल बिधुत प्राधिकरणमा ध्यानाकर्षण पत्र पेश गर्यो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) हिमाल पावर कम्पनी खिम्तिद्वारा श्रमिकहरुले खाईपाई आएको सेवा सुविधा र रोजगारीको निरन्तरताको सम्बन्धमा नेपाल बिधुत प्राधिकरणमा चैत्र ३१ गते ध्यानाकर्षण पत्र पेश गरेको छ । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा ह्वीन हिमाल पावर कम्पनी खिम्तिका अध्यक्ष केशब  केसी लगायतका प्रतिनिधिले नेपाल बिधुत प्राधिकरणका म्यानेजिङ डाइरेक्टर हितेन्द्र देव शाक्य समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।