नाबुन गण्डकी प्रदेशले तीज मनायो

जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) गण्डकी प्रदेश कमिटी र पोखरा महानगर कमिटीको संयुक्त आयोजनामा हरितालिका तीज २०८२ को सन्दर्भमा भाद्र १ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

नाबुन प्रदेश अध्यक्ष सुश्मा शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानीय तह समन्वय परिषद संयोजक मिना गुरुङको प्रमुख अतिथ्यतामा, नाबुन केन्द्रीय संयोजक पम्फा पहारी, जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुमन गुरुङ र जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री लगायतका अतिथीहरूको उपस्थीती रहेको थियो ।

त्यसैगरी भाद्र २ गते नाबुन सुदुरपश्चिम प्रदेश कमिटीले पनि हरीतालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।