Home Affiliates Activities

युनिट्राभद्वारा सामाजिक सुरक्षा बियषमा सामाजिक सम्वाद

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) आबद्ध युनियन युनिट्राभद्वारा साउन २९ गते सामाजिक सुरक्षा बियषमा सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथी जिफन्ट अध्यक्ष श्रेष्ठले पर्वतारोहण क्षेत्रमा योगदानमा आधारीत सामाजिक सुरक्षा अनिवार्य हुनु पर्ने भन्नु हुंदै नेपालको पर्वतारोहण क्षेत्रको विकास र बिस्तारकालागि नेपाल पर्वतारोहण संघ (NMA) र युनिट्राभ बीचको सहकार्य महत्वपुर्ण भएको बताउनु भएको छ । 

अध्यक्ष श्रेष्ठले यस क्षेत्रका श्रमिकहरूको मर्यादित कामका लागि युनिट्राभमा संगठित हुनुको बिकल्प नरहेको बताउँदै यस्कालागि आगामी भदौमा हुने पर्वतारोहण संघको निर्वाचनमा युनिट्राभको प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिनु भएको छ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बाहादुर श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष कुल गुरुङ, बरिष्ठ उपाध्यक्ष टीका गुरुङ, कोषाध्यक्ष सुमि लामा, युनिट्राभ सल्लाहकार कमिटि अध्यक्ष सार्की तामाङ लगाएतका अथितिहरूले मन्तब्य राख्नु भएको थियो ।

नाबुन सिद्धार्थनगरले तीज मनायो

जिफन्ट आबद्द राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) सिद्धार्थनगर नगर कमिटीद्वारा साउन २८ गते हरितालिका तीजको सन्दर्भमा तिज मिलन कार्यक्रमको आयोजना गरी एक आपसमा शुभकामना आदान-प्रदान गरेको छ । 

नाबुन नगर कमिटी अध्यक्ष झिल्ली बिसवालको अध्यक्षता र नाबुन लुम्बिनी प्रदेश सदस्य पबी खनालको प्रमुख अतिथ्यतामा तिज मिलन कार्यक्रम सम्पन्न गरिएको हो ।

क्युपेक नेपालद्वारा सामाजिक सुरक्षा र जलवायु परिबर्तन बिषयक प्रशिक्षण सम्पन्न

जिफन्ट आवद्भ क्युपेक नेपालद्वारा झापा जिल्लाको बिर्तामोडमा र रूपन्देही जिल्लाको बुटवलमा सामाजिक सुरक्षा र जलवायु परिबर्तन र गुनासो सम्बोधन बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलमा साउन २७ गते देखी भएको कार्यक्रममा जिफ्न्ट शिक्षा बिभाग सचिब हरी बहादुर कार्कीले जलवायु परिवर्तन र यसबाट निर्माण क्षेत्रमा परेको प्रभावका बारेमा, सामाजिक सुरक्षा कोषका प्रतिनिधि खिम बहादुर कार्कीले समाजिक सुरक्षा कोषका बारेमा प्रशिक्षण दिनु भएको थियो भने सहभागिहरुले प्रशिक्षणका क्रममा राखेका विभिन्न गुनासो तथा समस्याको सम्वोधन क्युपेक केन्द्रिय अध्यक्ष सान्ता वस्नेतले गर्नुभएको थियो ।


 

नेभाद्वारा बिरेन्द्रनगर नगरपालिकामा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने ध्यानआकर्षण

जिफन्ट आबद्ध नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) द्वारा सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयमसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने लगायतका बिषयहरूमा ध्यानआकर्षण गराएको छ ।

नेभा केन्द्रीय सदस्य भिमु रिजालको टोलीले श्रावण २८ गते बिरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकाल र स्वास्थ्य महाशाखा प्रमुखलाई समक्ष ध्यानआकर्षण गराएको हो ।

नेष्ट पथरी शनिश्चरे नगर कमिटीले तीज मनायो

जिफण्ट आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा साउन २८ गते तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रम केन्द्रीय सदस्य एवं कोशी प्रदेश ईन्चार्ज सावित्रा खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । 
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा धनकुटामा योजना कार्यशाला सम्पन्न

जिफन्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले साउन २७ गते हिलेमा योजना कार्यशाला सम्पन्न गरेको छ । 

संगठन केन्द्रीय अध्यक्ष भिम ज्वाला राई लगायतका नेताहरूको सहभागितामा सम्पन्न योजना कार्यशालाले धनकुटा जिल्लाको विभिन्न १५ वटा रुटहरूमा सदस्यता विस्तार गर्ने, पुराना सदस्यहरुको नविकरण गर्ने । 

विभिन्न रुटहरूमा सडक दुर्घटना न्युनिकरण कार्यक्रम प्रत्येक महिना संचालन गर्ने, सडक सुरक्षा सचेतना सम्बन्धी स्टिकर प्रकाशन गर्ने लगायतका योजनाहरू तय गरिएको संगठन धनकुटा जिल्ला अध्यक्ष कमल थिङले बताउनु भएको छ । 

धनकुटा जिल्लाका ४६ जना अगुवाहरूको सहभागिता भएको कार्यशालामा आगामी असोज १ गते शिलान्यास गरिने संगठनको कोशी प्रदेश कार्यालयको भवन निर्माण सहयोग बापत धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक लाख सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ ।