युनिट्राभ एयरपोर्ट इलाकाले तीज मनायो

जिफन्ट आबद्ध  युनिट्राभ एयरपोर्ट इलाका कमिटिले हरीतालिका तीजको अवसरमा भाद्र १ गते शुभकामना अदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तीजको शुभकामना दिनु हुंदै तीज केवल सांस्कृतीक चाड मात्र नभइ महिलाहरूले वर्ष भरी गरेका कामहरूको थकाइलाइ बिर्सेर नया उर्जाका साथ अगाडी बढ्न प्रेरीत गर्ने पर्व पनि रहेको बताउनु भएको छ ।
जिफन्ट उपाध्यक्ष सीता लामाले तीज पर्वले श्रमिक महिलाहरूको हक अधिकार प्राप्तीकालागी श्रमिक महिलाको एकता प्रदर्शन गर्न प्रेरणा मिल्ने बिश्वास ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा जिफन्ट उपमहासचिब कमला तामाङ, सचिब बिजया खड्का, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, युनिट्राभ अध्यक्ष सुमन पराजुली, महासचिब राम बहादुर थापा लगायतका अतिथीहरूको उपस्थीतीमा रहेको थियो ।