नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आवद्ध समग्र उधोग ट्रेड युनियन, नेपाल (ह्वीन)ले भाद्र ४ गते एस आर ड्रग्समा कार्यरत श्रमिक भेला सम्पन्न गरेको छ ।
ह्विन एस आर ड्रग्स अध्यक्ष बिक्रम महर्जनको अध्यक्षतामा, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको प्रमुख अतिथ्यतामा भएको भेलाले नयाँ आर्थिक वर्षबाट बढेको न्यूनतम वेतनको कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा आवद्द भएपछि बिगतको उपदान, संचयकोस र बोनसका विषयमा छलफल भएको थियो ।
ह्विन केन्द्रीय उप महासचिव अर्जुन चौलागाई र जिफन्ट चन्द्रागिरी पालिका अध्यक्ष राजभाई श्रेष्ठको सहभागितामा भएको भेलाले सामूहिक सौदाबाजी समिति गठन गरी ब्यवस्थापक समक्ष मागपत्र पेश गर्ने निर्णय समेत गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ १ गते सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूकालागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ ।
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा दिइएको प्रशिक्षण कार्यक्रममा नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको थियो ।
जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम् सेबि सङ्घ (नेभा)द्वारा कर्णाली प्रदेश मुख्य मन्त्री माननीय यामलाल कडेल समक्ष भाद्र ३ गते स्वास्थ्य स्वयम्सेबिलाइ योगदानमा आधारित सामाजीक सुरक्षा कोषमा आबद्ध गर्ने लगायतका बिषयमा नेभा केन्द्रीय सदस्य भिमु रिजालको नेतृत्वमा बिरेन्द्र नगर पालिका अध्यक्ष मेनका आचार्य लगायतका नेताहरूको सहभागितामा ध्यानाआकर्षण पत्र बुझाएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) बिराटनगर महानगर कमिटिको आयोजनामा भदौ १ गते तीजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला प्रमुख अतिथ्यतामा नाबुन सचिवालय सदस्य ममता प्रधान, केन्द्रीय सदस्य गङ्गा तामाङ, प्रदेश अध्यक्ष कला डांगी, जिफन्ट प्रदेश महिला सचिव सायदा तबसुम र जिफन्ट युवा अध्यक्ष भलि सुब्बा लगायतको सहभागिता रहेको थियो ।
नेपाल पर्वतारोहण संघको भाद्र ७ गते हुन गइरहेको निर्वाचनमा जिफन्ट अवद्ध युनियन युनिट्राभको तर्फबाट ४ जनाको उम्मेदवारी धोषणा गरेको छ ।
पर्वतारोहि श्रमिकको भेला भाद्र १ गते जिफन्ट सभाहलमा भएको भेलाले मिङमार शेर्पा, सन्देश शेर्पा, जेनजेन लामा र फुरतेन्जि शेर्पालाइ उम्मेदबार बनाउने घोषणा गरेको हो ।

भेलामा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले बिजयकालागी शुभकामना दिनु हुंदै आरोहि श्रमिकको भावना सम्बोधन हुने गरी, मर्यादित काम, उचित ज्याला, सामाजिक सुरक्षा र दक्ष जनशक्तिको बिकासकालागि प्रभावकारी भुमिका खेल्नु पर्नेमा जोड दिंदै यस्कालागि जिफन्ट सधै तपाईंहरूको साथ रहेको बताउदै विजयकालागि शुभकामना दिनु भयो ।

भेलामा जिफन्ट उपाध्यक्ष सीता लामाले पेशा गत हकहित र आरोहिको भावना को कदर गर्दै श्रमिकहरूको तर्फबाट पर्वतारोहण संघमा महत्वपुर्ण भुमिका निर्वाहा गर्न शुभकामना दिनु भयो ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा महासचिब राम बहादुर श्रेष्ठले संचालन गर्नु भएको भेलामा पर्वतारोहण संघको चारै जना उम्मेदवारले श्रमिकहरूको भावना र तीनिहरूको हक अधिकारकोलागि प्रतिवद्ध रहेको बताउनु भएको छ ।
जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) बागमती प्रदेश कमिटीद्वारा तीज २०८२ को सन्दर्भमा भाद्र १ गते शुभकामना आदान प्रदान तथा बधाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानीय तह समन्वय परिषद सदस्य तथा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य, भुमि तथा प्रशासन मन्त्री माननिय बिन्दु श्रेष्ठले तीज २०८२को शुभकामना दिनु हुंदै प्राय स्वरोजगारमा आधारित यस क्षेत्रका सौन्दर्यकर्मिहरुलाइ ब्यवसायिक रूप अगाडी बढाउन नाबुनले महत्वपुर्ण भुमिका निर्वाह गरी रहेको बताउदै संगठनलाइ भझ शक्तीशाली बनाउदै अगाडी बढ्न आग्रह गर्नु भएको छ ।

नाबुन केन्द्रीय सचिव सुजना जोशीले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा माननिय मन्त्री बिन्दु श्रेष्ठलाई बधाई तथा सम्मान प्रदान समेत गरेको थियो ।
कार्यक्रम नाबुन प्रदेश अध्यक्ष करूणा पुरीको अध्यक्षतामा, सचिब सरिता सिवाकोटीले संचालन र जानुकी श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122165010182435116&type=3