नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) भरतपुर महानगर पालिका कमिटीद्वारा हरितालिका तीज २०८२ को सन्दर्भमा साउन २३ गते भरतपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी जिफन्ट वागमती प्रदेश कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज अञ्जु गुरुङले तीज पर्वलाई सांस्कृतिक पर्व मात्र नभई महिला एकता, आत्म–सम्मान र सहकार्यको प्रतीक रहेको भन्नु हुंदै तीज केवल रमाइलोमा सीमित नराखी पेशागत अधिकार र सम्मानका लागि एकताबद्ध भइ हाम्रा हक अधिकार प्राप्तीको आन्दोलनलाइ थप उर्जा थप्ने एउटा माध्याम रहेको बताउनु भयो ।
कार्यक्रममा जिफन्ट चितवन जिल्ला अध्यक्ष पुस्करबाबु त्रिपाठी लगायतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघमा आवद्ध राइडर्स युनियन नेपालको दोस्रो स्थापना दिवसको एक कार्यक्रममा साउन २३ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले डिजिटल प्लेटफर्म श्रमिकहरुको कानुनी मान्यता र सुरक्षाकालागि जिफन्ट स्पष्ट, प्रतिबध्द र सकृय रुपमा लागि परेको बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले डिजिटल प्रविधि र आधुनिक यातायात प्रणालीको विकाससँगै राइड सेयरिङ सेवा रोजगारीको नयाँ स्वरूपका रूपमा उदाएको र नेपालमा राइड शेयरिङ सेवाको प्रयोग पछिल्ला केही वर्षहरूमा तीव्ररूपमा वृद्धि भएको बताउनु हुंदै डिजिटल रोजगार क्षेत्रका श्रमिकहरूको कानुनी मान्यता र सुरक्षाका लागि जिफन्ट प्रतिबद्ध छ र अन्तरराष्ट्रिय स्तरमा समेत यो क्षेत्रमा काम गर्ने श्रमिकहरूको अधिकार संरक्षण गर्नकालागि मापदण्ड सहित ILO अभिसन्धी बनाउने काम सुरू बताउनु भयो ।
दोस्रो स्थापना दिवसको यो अवसरलाई नयाँ उर्जा, प्रतिबद्धता र एकताको प्रेरणा बनाउँदै, श्रमिकहरूको अधिकार स्थापनाका लागि अझ बलियो कदम चाल्न अध्यक्ष श्रेष्ठले आग्रह समेत गर्नु भयो ।

रन अध्यक्ष माधब पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब सन्तोष खतिवडाले गर्नु भएको थियो ।

त्यसैगरी स्थापना दिवसको सन्दर्भमा चितवन जिल्ला कमिटीले दिपावली सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न गरेको छ ।
कार्यक्रमको थप फोटोकोलाथी लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122164007972435116&type=3
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल ट्रेकिङ, ट्राभल, र्याफ्टिङ एण्ड एयरलाइन्स मजदुर युनियन (युनिट्राभ) ले साउन २२ गते पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा तथा नेपाल पर्वतारोहण संघ (NMA) को आगामी भदौमा हुने निर्वाचनमा युनिट्राभको भूमिका तथा प्रतिनिधित्व विषयक अन्तरक्रिया सम्पन्न गरेको छ।
जिफ्न्ट अध्यक्ष बिनोद श्रेष्ठले युनिट्राभ र NMA बीच विगत दुई दशकदेखि कायम रहेको भाइचाराको सम्बन्ध र संयुक्त रूपमा श्रमिक तथा आरोहीहरूको हितमा गरिएका कामहरूको चर्चा गर्दै आगामी दिनहरूमा पनि सहकार्य र समन्वय जारी राख्नु पर्ने बताउनु भएको छ ।
युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्वतारोहण संघका पूर्व कोषाध्यक्ष तथा वर्तमान अध्यक्ष पदका उम्मेदवार टिकाराम गुरुङ, युनिट्राभ सल्लाहकार समिति अध्यक्ष तथा नेपाल पर्वतारोहण संघका पूर्व कार्यसमिति सदस्य सार्की तामाङ र बागमती प्रदेश पर्यटन क्षेत्रका प्रदेश सदस्य टिकाराम नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन युनियनका महासचिव राम बहादुर श्रेष्ठले गरेका थिए।
चिया श्रमिकहरूले झापा जिल्लाको चारवटा चिया बगान, गौरीशंकर , रिद्धिगणेश , सूर्य र नाज टी इस्टेटमा आन्दोलन गरेका छन् ।
श्रम ऐन अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने, श्रम ऐन अनुसार उपदान, संचयकोष , चाडपर्व खर्च दिनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई सूचीकृत गरिनु पर्ने लगायतका श्रमिक युनियनले राखेको मागको सुनवाइ नभए पछी आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल चिया कफि श्रमिक युनियनका अध्यक्ष सन्त कुमार राइले बताउनु भएको छ ।
भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषिगणेशमा साउन १८ गते देखी र मेचीनगर–३ को नाज स्टेटमा साउन २० गते देखी दुई सयभन्दा बढी श्रमिक काम छाडेर आन्दोलनमा छन् ।
गण्डकी प्रदेश, स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाले साउन २१ गते महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गाउँपालिका अन्तर्गतका सबै वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा अन्तरगत पाउने सुविधाका बारेमा जानकारी दिइएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बागमती प्रदेश कमिटीद्वारा माईक्रोसेडिङ र रसियन हेयरस्टाईल सम्बन्धी ३ दिने क्षमता अभिबृद्धी तालिम संचालन गरेको छ ।
जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले साउन २१ गते तालिमको शुभारम्भ गर्नु हुंदै समयको परीवर्तनसंगै आफुले जानेका शिपलाइ समय अनुकल निखारीदै जानु पर्ने भन्दै तिब्र रूपमा भै रहेको प्रबिधीको बिकाश संगै श्रमिकहरूले पनी बदलिंदो समय र परीस्थीती अनुकुल आफुलाइ पनी परीवर्तन गर्न सक्नु पर्ने बताउनु भएको छ ।
तालिमको शुभारम्भ कार्यक्रममा नाबुन सचिब सुजना जोशीले नाबुनले नियमित रूपमा यूनियनका सदस्यहरूको दक्षता अभिबृद्धी तालिम संचालन गर्दै आइरहेको बताउनु भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष करूणा पुरीले गर्नु भएको थियो भने संचालन सचिब सरीता सिवाकोटीले गर्नु भएको थियो ।
चन्द्रकला छन्त्याल र सोनिया राईले माईक्रोसेडिङ र रसियन हेयरस्टाईल सम्बन्धि दिने तालिम ३ दिन सम्म संचालन हुने छ ।