गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

श्रमिकहरूले आर्थिक तथा मनोबेज्ञानिक दवाबमा काम गर्नु परेको उपज गणेश नेपालीको आत्मदाहको प्रयत्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) ले असार २५ गते एक बिज्ञप्ती जारी गर्दै राइड सेयर श्रमिक गणेश नेपालीको आत्मदाहको प्रयत्न र घटनाको पष्ठृभमूी प्रती गम्भीर ध्यार्नाकर्षण भएको जनाएको छ। 

राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको, त्रिपुरेश्वरमा आत्मदाहको प्रयत्न गरेका थिए ।

रनले प्रेश बिज्ञप्ती जारी गर्दै  नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना महानगरपालिका र प्रहरीले ट्राफिक ब्यवस्थापनकालागी जरीवानालाइ मात्रै प्रमुख समाधानको उपाए बनाएकोले न्युन आय भएका श्रमिकहरूले आर्थिक तथा मनोबेज्ञानिक दवाबमा काम गर्नु परेको उल्लेख गर्दै यस घटनाबाट शिक्षालिंदै प्लाटफर्म श्रमिकहरूको कार्य बातावरण सहज र सुरक्षित बनाउनुका साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय मापदण्डलाइ सम्मान गर्दे कार्यान्वयको माग गरेको छ ।

गणेश नेपालीको जिवन रक्षाकालागी कुनै पनि कसुर नछोड्न सरकार समक्ष जोडदार माग समेत गरेको छ । 
 

गणेश नेपालीले गरेको आत्मदाहको प्रयत्न प्रती जिफन्टको गम्भीर ध्यार्नाकर्षण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको, त्रिपुरेश्वरमा आत्मदाहको प्रयत्न र घटनाको पष्ठृभमूी प्रती गम्भीर ध्यार्नाकर्षण भएको जनाएको छ। 

जिफन्ट महासचिब लक्ष्मण शर्माले २५ गते प्रेश बिज्ञप्ती जारी गर्दै  नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जिफन्टले नेपालमा प्लाटफर्म आधारीत राइड शेयररङमा कार्यरत श्रमिकहरूकालागी निःशुल्क पार्किङ पिउने पानि, सौचालय, झरी तथा चर्को घामबाट जोगिन शेडको सुविधा र ट्राफिक ब्यवस्थापनकालागी आवश्यक भैतिक पुर्वाधारको माग गदै आएको बताएको छ । 

तर, महानगरपालिका र प्रहरीले ट्राफिक ब्यवस्थापनकागी जरीवानालाइ मात्रै  प्रमुख समाधानको उपाए बनाएकोले न्युन आय भएका श्रमिकहरूले आर्थिक तथा मनोबेज्ञानिक दवाबमा काम गर्नु परेको बिज्ञप्तिमा उल्लेख गर्दै जिफन्टले यस घटनाबाट शिक्षालिंदै प्लाटफर्म श्रमिकहरूको कार्य बातावरण सहज र सुरक्षित बनाउनुका साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय मापदण्डलाइ सम्मान गर्दे कार्यान्वयकालागी माग गर्दै गणेश नेपालीको जिवन रक्षाकालागी कुनै पनि कसुर नछोड्न सरकार समक्ष जिफन्टले जोडदार माग गरेको छ । 


 

आईटियुसी न्याकद्वारा आउटसोर्सिङबारे साझा धारणा निर्माण गर्न कार्यशाला

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल आबद्ध परिषद्  (आईटियुसी न्याक ) ले आउटसोर्सिङबारे साझा धारणा निर्माण गर्न असार १५ र १६ गते कार्यशाला आयोजना गरेको छ ।

कार्यशालामा जिफण्ट तथा आईटियुसी न्याकका अध्यक्ष विनोद श्रेष्ठले  ट्रेड युनियनहरुलाई चौतर्फी प्रहार भई रहेको बताउदै आउटसोर्सिङबाट रोजगारीमा रहेका श्रमिकहरूलाइ श्रम शोषण  गरेको बताउनु भयो ।

२ दिन सम्म संचालन भएको कार्यशालामा अध्यक्ष श्रेष्ठले कार्यशाला उद्धेश्य माथी प्रकाश पार्नु हुंदै आउटसोर्समा कार्यरत श्रमिकहरूको अधिकारका लागि महासंघ गम्भीर रहेको बताउनु हुंदे आईटियुसीमा अवद्ध ३ वटै महासंघको समान धारणा हुनु पर्नेमा जोड दिनु भएको छ । 

आउटसोर्सिङबारे ट्रेड युनियनहरुको साझा धारणा पत्र र आउटसोर्सिङ श्रमिकको अवस्थाबारे आइटियुसी न्याकका सल्लाहकारहरु गणेश केसि, विदुर कार्की र सोम तामाङले तयार पारेको साझा पत्र प्रस्तुत गरेका थियो ।

ट्रेड युनियनहरुको साझा धारणा पत्रको सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, अन्टुफका अध्यक्ष जगत सिम्खडा लगायतका सहभागिहरूले  बिचार राख्नु भएको थियो ।

त्यसैगरी ITUC-NAC को बिस्तारीत बोर्ड बैठक असार १५ गते काठमाण्डैमा सम्पन्न भएको छ । 
 

विश्वकप फुटबलसँगै अत्यधिक गर्मी र श्रमिक सुरक्षाको विषय पनि गम्भीर बहसको केन्द्र

विश्वकप फुटबलसँगै अत्यधिक गर्मी र श्रमिक सुरक्षाको विषय पनि गम्भीर बहसको केन्द्र बनेको छ। पछिल्ला अनुसन्धानले उच्च तापक्रमबाट हुने आघात (Heat Stress) रोक्न प्रत्येक घण्टा पर्याप्त पानी पिउने र कम्तीमा १० मिनेट छायाँमा आराम गर्ने व्यवस्था प्रभावकारी हुने देखाएको छ।  

मानवअधिकार पक्षधरहरूले अघिल्लो विश्वकपयता नै FIFA लाई श्रमिकको स्वास्थ्य र सुरक्षासहित मानवअधिकारको सम्मान सुनिश्चित गर्न आग्रह गर्दै आएका छन्। 

यसैबीच, जुन २३ मा अनुसन्धान संस्था Equidem ले विश्वकप स्टेडियमहरूको ताप जोखिम देखाउने ‘Heat Risk Observatory’ सार्वजनिक गर्दै खेलाडी मात्र होइन, प्रतियोगिता सफल बनाउने श्रमिकहरूको ज्यान जोगाउन कडा सुरक्षा मापदण्ड लागू गर्न आह्वान गरेको छ ।  
 

जिफन्ट सहयोग समुह यु केको संयोजकमा कृष्ण श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा यु के मा कार्यरत नेपाली श्रमिकहरूको भेला असार १४ गते सम्पन्न भएको छ । 

भेलाले कृष्ण श्रेष्ठको संयोजकत्वमा ९ सदस्य जिफन्ट सहयोग समुह यु के गठन गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्मा, बिदेश सचिब स्मृती लामा र  राष्ट्रिय कमिटि सदस्य सुमन पराजुली भर्चुअल माध्यामबाट सहभागि हुनु भएको भेलालाइ जिफन्ट अध्यक्ष, महासचिब लगायतले प्रवाशी श्रमिकको समस्या र जिफन्टले गरीरहेको कामकाबारेमा प्रकाश पार्नु भएको थियो 
 

आइटियुसी न्याकद्वारा अनलाइन सामग्री निर्माण तालिम सम्पन्न

अन्तरर्राष्ट्रिय ट्रेड युनियन महासंघ आवद्ध समिती नेपाल (आइटियुसी न्याक ) द्वारा आयोजित अनलाइन अभियानकालागी सामग्री निर्माण बिषयक तालिम सम्पन्न भएको छ ।

असार १३ र १४ गते दुइदिन संचालन भएको तालिमको समापन गर्नु हुंदै आइटियुसी न्याक तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सहभागिहरूलाइ प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

तालिम कार्यक्रममा प्राध्यापक अमरध्वज लामा र पत्रकार सुनिल न्योपानेले डिजिटल अभियान रणनीति निर्माण, सामाजिक सञ्जालको प्रयोग र चुनौतीहरू, डिजिटल अभियान सामग्रीको निर्माण लगायतका बिषयमा तालिम दिनु भएको  थियो ।