वेस्टजेटका उडान परिचारिकाहरुद्वारा ऐतिहासिक हड्तालका लागि मतदान सुरु
विश्वकप फुटबलसँगै अत्यधिक गर्मी र श्रमिक सुरक्षाको विषय पनि गम्भीर बहसको केन्द्र बनेको छ। पछिल्ला अनुसन्धानले उच्च तापक्रमबाट हुने आघात (Heat Stress) रोक्न प्रत्येक घण्टा पर्याप्त पानी पिउने र कम्तीमा १० मिनेट छायाँमा आराम गर्ने व्यवस्था प्रभावकारी हुने देखाएको छ।
मानवअधिकार पक्षधरहरूले अघिल्लो विश्वकपयता नै FIFA लाई श्रमिकको स्वास्थ्य र सुरक्षासहित मानवअधिकारको सम्मान सुनिश्चित गर्न आग्रह गर्दै आएका छन्।
यसैबीच, जुन २३ मा अनुसन्धान संस्था Equidem ले विश्वकप स्टेडियमहरूको ताप जोखिम देखाउने ‘Heat Risk Observatory’ सार्वजनिक गर्दै खेलाडी मात्र होइन, प्रतियोगिता सफल बनाउने श्रमिकहरूको ज्यान जोगाउन कडा सुरक्षा मापदण्ड लागू गर्न आह्वान गरेको छ ।