गणेश नेपालीले गरेको आत्मदाहको प्रयत्न प्रती जिफन्टको गम्भीर ध्यार्नाकर्षण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको, त्रिपुरेश्वरमा आत्मदाहको प्रयत्न र घटनाको पष्ठृभमूी प्रती गम्भीर ध्यार्नाकर्षण भएको जनाएको छ। 

जिफन्ट महासचिब लक्ष्मण शर्माले २५ गते प्रेश बिज्ञप्ती जारी गर्दै  नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जिफन्टले नेपालमा प्लाटफर्म आधारीत राइड शेयररङमा कार्यरत श्रमिकहरूकालागी निःशुल्क पार्किङ पिउने पानि, सौचालय, झरी तथा चर्को घामबाट जोगिन शेडको सुविधा र ट्राफिक ब्यवस्थापनकालागी आवश्यक भैतिक पुर्वाधारको माग गदै आएको बताएको छ । 

तर, महानगरपालिका र प्रहरीले ट्राफिक ब्यवस्थापनकागी जरीवानालाइ मात्रै  प्रमुख समाधानको उपाए बनाएकोले न्युन आय भएका श्रमिकहरूले आर्थिक तथा मनोबेज्ञानिक दवाबमा काम गर्नु परेको बिज्ञप्तिमा उल्लेख गर्दै जिफन्टले यस घटनाबाट शिक्षालिंदै प्लाटफर्म श्रमिकहरूको कार्य बातावरण सहज र सुरक्षित बनाउनुका साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय मापदण्डलाइ सम्मान गर्दे कार्यान्वयकालागी माग गर्दै गणेश नेपालीको जिवन रक्षाकालागी कुनै पनि कसुर नछोड्न सरकार समक्ष जिफन्टले जोडदार माग गरेको छ ।