वेस्टजेटका उडान परिचारिकाहरुद्वारा ऐतिहासिक हड्तालका लागि मतदान सुरु
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल आबद्ध परिषद् (आईटियुसी न्याक ) ले आउटसोर्सिङबारे साझा धारणा निर्माण गर्न असार १५ र १६ गते कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा जिफण्ट तथा आईटियुसी न्याकका अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियनहरुलाई चौतर्फी प्रहार भई रहेको बताउदै आउटसोर्सिङबाट रोजगारीमा रहेका श्रमिकहरूलाइ श्रम शोषण गरेको बताउनु भयो ।
२ दिन सम्म संचालन भएको कार्यशालामा अध्यक्ष श्रेष्ठले कार्यशाला उद्धेश्य माथी प्रकाश पार्नु हुंदै आउटसोर्समा कार्यरत श्रमिकहरूको अधिकारका लागि महासंघ गम्भीर रहेको बताउनु हुंदे आईटियुसीमा अवद्ध ३ वटै महासंघको समान धारणा हुनु पर्नेमा जोड दिनु भएको छ ।
आउटसोर्सिङबारे ट्रेड युनियनहरुको साझा धारणा पत्र र आउटसोर्सिङ श्रमिकको अवस्थाबारे आइटियुसी न्याकका सल्लाहकारहरु गणेश केसि, विदुर कार्की र सोम तामाङले तयार पारेको साझा पत्र प्रस्तुत गरेका थियो ।
ट्रेड युनियनहरुको साझा धारणा पत्रको सन्दर्भमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, अन्टुफका अध्यक्ष जगत सिम्खडा लगायतका सहभागिहरूले बिचार राख्नु भएको थियो ।
त्यसैगरी ITUC-NAC को बिस्तारीत बोर्ड बैठक असार १५ गते काठमाण्डैमा सम्पन्न भएको छ ।