गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

हामी बनाउंछौं, हाम्रो जिफन्ट

लाखों जिफन्ट सदस्यहरूको पसिनाले ठडिएको श्रमिकहरुको भवन मनमोहन मजदुर भवन गत भाद्र २४ गते जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरी पुर्यायको क्षतिलाइ  जिफन्ट सदस्यहरूकै पसिनाबाटै भवन पुननिर्माण गर्ने भएको छ ।

हामी बनाउछें हाम्रो जिफन्ट नाराका साथ आफ्नो भवन आफै पुननिर्माण गछौं अभियान जिफन्टले थालेको हो ।

युनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले नगद ५० हजार हस्तान्तरण गर्नु भएको छ भने जिफन्ट राष्ट्रिय कमिटी र घटक युनियनका नेतृत्वले एक दिनको पारिश्रमिक सहयोग गरेको छ ।
 

प्रवासी श्रमिक युनियन (MTU) ले दक्षिण कोरिया राष्ट्रपति कार्यलयमा ज्ञापन पत्र बुझाईएयो

दक्षिण कोरिया प्रवासी श्रमिक युनियन (MTU) ले असोज २ गते दक्षिण कोरिया राष्ट्रपति कार्यलयमा ज्ञापन पत्र बुझाईएको छ ।

प्रवासि श्रमिकहरूले स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्ने,  प्रवासी श्रमिकको अधिकार सुनिस्चित हुने श्रम अनुमति प्रणालि लागु गर्नु पर्ने, उचित आवासको ब्यबस्था गर्नु पर्ने र भेदभाब तथा दमनको अन्त्य गर्नु पर्ने लगायतका मागहरू राखी राष्ट्रपति कार्यलयमा ज्ञापन पत्र बुझाईएको हो ।
 

तोडफोड एमाले पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएयो

जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा भाद्र ३० गते देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब सय जना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित झण्डा आगजनीका कारण क्षतिग्रस्त भएको भवनको पूर्वतर्फ टाँगिएको छ।

त्यसैगरी सोही दिन जिफन्ट टोलीले आगजनीबाट क्षतिग्रस्त पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाई गरेको थियो। 

जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू सफा गरिएको थियो ।


 

तोडफोड भएको जिफन्टको भवन पुन निर्माण गर्न कोष निर्माण

भदौ २४ गते जेन जीको नाममा तोडफोड भएको जिफन्टको भवन पुन निर्माणमा जिफन्टले कोष निर्माण गरेको छ । 

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भाद्र २९ गते बसेको जिफन्ट राष्ट्रिय कमिटीको बैठकले लाखौं जिफन्ट सदस्यहरूको पसिनाले ठडिएको श्रमिकहरुको भवनमा अराजकहरुले पुर्यायको क्षतिलाइ जिफन्ट सदस्यहरूकै पसिनाबाटै भवन पुननिर्माण गर्ने निर्णय गरेको हो ।

आफ्नो भवन आफै पुननिर्माण गछौं अभियानमा युनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले नगद ५० हजार कार्यक्रममा हस्तान्तरण गर्नु भएको छ भने जिफन्ट राष्ट्रिय कमिटी र घटक युनियनका नेतृत्वले एक दिनको पारिश्रमिक सहयोग गर्ने समेत निर्णय भएको छ । 

जिफन्टद्वारा संसद विघटन गैरसंवैधानीक रहेको भन्दै तत्काल पुनस्र्थापना गर्न माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले संसद विघटन गैरसंवैधानीक रहेको भन्दै तत्काल पुनस्र्थापना गर्न माग गरेको छ । 

भाद्र २९ गते बसेको जिफन्ट राष्ट्रिय कमिटी बैठकले लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुनिश्चित गर्न सकिने निष्कर्ष निकाल्दै संविधानको मुलमर्म कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेकाले त्यसको रक्षाले मात्रै लोकतान्त्रिक गणतन्त्रको संरक्षण हुने भएकाले संविधानको रक्षाले मात्रै सम्भव हुने र लोकतन्त्रको आधारस्तम्भ भनेको राजनैतीक दल भएको हुनाले आपसी मनमुटाव र द्धेष त्यागेर संविधान र व्यवस्थाको रक्षाका लागि सबै दलहरुले कार्ययोजना समेत तय गर्न जिफन्टले आग्रह गरेको छ ।

बैठकमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले लोकतन्त्रले मात्रै नयाँ नेपालको परिकल्पना गर्न सकिने भएकाले यो व्यवस्थाको विकल्प खोज्नेहरुको सपना किमार्थ पुरा हुन श्रमिकहरुले नदिने बताउनु हुंदै  हामी भ्रष्टाचारका विरोधी हौ, शुसासनका पक्षपाती हौँ त्यसको कार्यान्वयन सरकारले आफ्ना योजना मार्फत गर्ने बताउदै भदौ २३ गते ज्यान जानेगरी भएका घटना र २४ गते तोडफोड र आगजनीका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नु भयो । 

अध्यक्ष श्रेष्ठले आगजनी र तोडफोडका कारण बेरोजगारी भएका श्रमिकहरुको देशव्यापी तथ्याङक तयार गरिने र श्रमिकहरुको न्यायका लागि जिफन्टको तर्फबाट अभियान सञ्चालन गरिने बताउनुभयो ।
 

थपफोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस्र ।

https://www.facebook.com/media/set/?set=a.122168549060435116&type=3

श्रम मन्त्रालय अन्तर्गत इ–सेभेन भिसामा कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले भाद्र १८ गते विज्ञप्ति मार्फत अहिलेसम्म आधिकारिक रुपमा इ–सेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ । 
। 
इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनी रुपमा प्रचार गरी रकम असुली भइरहेको भन्दै सरकारले इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न विभागले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।