गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

कोरियामा सिओलस्थित दूतावासले विज्ञप्ति जारी

कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको सिओलस्थित दूतावासले विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।

संस्थाले आवश्यक कागजातसहित मागपत्र दूतावासमा पेश गरेपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने र त्यसपछि वैदेशिक रोजगार विभागमार्फत प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यसैगरी वैदेशिक रोजगारीसम्बन्धी ठगीबाट बच्नका लागि वैदेशिक रोजगार विभाग र दैनिक पत्रिकामा आधिकारिक सूचना प्रकाशित नभएसम्म कुनै व्यक्ति वा संस्थासँग आर्थिक कारोबार नगर्न दूतावासले आम जनतालाई सचेत समेत गरेको छ ।

चिया श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार ६९९ मा सहमती

नेपाल चिया उत्पादक सङ्घ र ट्रेड युनियनहरूबिच भाद्र १६ गते चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । 

सहमति अनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम रु पाँच सय ६५ पारिश्रमिक पाउने छन् भने मासिक तर्फ न्यूनतम रु १५ हजार ६९९ पाउने भएका छन् । 

यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ रु पाँच सय र मासिक पारिश्रमिकतर्फ रु १३ हजार ८९३ पाउँदै आएका थिए । 

सहमति अनुसार दैनिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा रु ३९ र महँगी भत्तामा रु २६ वृद्धि भएको छ । मासिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा रु एक हजार १६२ र महँगी भत्तामा रु छ सय ४४ वृद्धि भएको छ ।  

जिफन्ट आवद्ध नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले जानकारी दिनु भए अनुसार दुइपक्षिय भएको सहमतीको आधारमा नेपाल सरकारको राजपत्रमा प्रकाशित गर्ने छ ।

अन्तर्राष्ट्रिय अनौपचारिक महिला श्रमिक संगठनद्वारा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू

अन्तर्राष्ट्रिय अनौपचारिक महिला श्रमिक संगठन द्वारा प्रशिक्षक प्रशिक्षण कार्यक्रम भाद्र १६ देखि ५ दिने तालिम भारतको अहमदाबादमा सुरू भएको  छ ।

एशिया प्रसान्त क्षेत्रका नेपाल, भारत, श्रीलंका, कम्बोडिया, मलेसिया, इन्डोनेसिया र फिलिपिन्सका ट्रेड युनियन कर्मिहरू सहभागि रहेको कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आबद्ध नेपाल गृह श्रमिक ट्रेड यूनियन (हुन) का केन्द्रिय सदस्य हीरा के.सी. र नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) का नवराज पंडितको सहभातिता रहेको थियो। 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कलंकी ईकाईद्वारा ट्राफिक कार्यलयलार्इ ध्यानअकर्षण गरायो

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कलंकी ईकाई कमिटीले उपत्यका भित्र ग्यासबाट सन्चालन हुने माईक्रोबस र टेम्पोको समस्या समाधानकालागी भाद्र १५ गते ट्राफिक प्रहरी कार्यलय सिहदरबारमा ध्यानअकर्षण गराएको छ ।

संगठन ईकाई अध्यक्ष हर्क बहादुर राणाका अनुसार माईक्रोबस र टेम्पो चल्ने रूटमा ग्यास डिपो नभएको कारण रूट भन्दा बाहीर गइ ग्यास भर्न जांदा ट्राफिकले रूट परमिट नभएको भन्दै जरीवाना गर्ने गरेको बताउनु भएको छ 
 

सुरक्षा श्रमिक ट्रेड युनियन नेपालले भद्र बहादुर भण्डारीलाइ सेवा सुबिधा दिलायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल (STUN )को पहलमा शिखर हिमालयन सेक्युरिटी सर्भिसमा कार्यरत भद्र बहादुर भण्डारीले राजिनामा दिए पछि पाउनु पर्ने सेवा सुबिधा प्राप्त गर्नु भएको छ ।

शिखर हिमालयन सेक्युरिटी मार्फत २०७८ साल देखि मण्टेश्वरी किन्डरवर्ल्ड, ताहचलमा सेक्युरिटी गार्डमा कार्यरत भण्डारीले २०८१ सालमा सेवा सम्झौताको नवीकरण नभए पछी राजिनामा दिनु भएको थियो । 

भण्डारीले राजिनामा पछी पाउनु पर्ने सेवा सुबिधा नपाए पछी २०८२ बैशाखमा सुरक्षा श्रमिक ट्रेड युनियन मार्फत नेपाल सरकार श्रम कार्यालयमा निवेदन गरे पछी २०८२ भाद्र ८ गते युनियनको रोहवरमा भण्डारीले पाउनु पर्ने सेवा सुबिधा दिने सहमति भइ भाद्र १३ गते सम्पुर्ण सेवा सुबिधा प्राप्त गरेको भण्डारीले जानकारी दिनु भएको छ । 
 

नाबुन म्याग्दीद्वारा कमल जैशी मन्दीरमा डेस्क र बेन्च सहयोग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) म्याग्दी जिल्लाको बेनी नगर कमिटिले हरितालीका तिजको अवसरमा बेनी नगरपालीका वडा नं. ७ स्थीत कमल जैशी मन्दीरमा डेस्क र बेन्च सहयोग गरेको छ । 

नगर कमिटि अध्यक्ष-मैनादेवी राईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा बेनि नगरपालीका वडा नं. ७ अध्यक्ष, रमेश श्रेष्ठ,  सामुदायीक प्रहरी सेवा केन्द्र अध्यक्ष, पसुपति साही, जिफन्ट म्याग्दी जिल्ला समन्वय कमिटी अध्यक्ष विष्णु पौडेल लगायतका अतिथिहरूको उपस्थीत रहेको थियो ।