तोडफोड एमाले पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएयो

जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा भाद्र ३० गते देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब सय जना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित झण्डा आगजनीका कारण क्षतिग्रस्त भएको भवनको पूर्वतर्फ टाँगिएको छ।

त्यसैगरी सोही दिन जिफन्ट टोलीले आगजनीबाट क्षतिग्रस्त पार्टी महासचिव शंकर पोखरेलको घर सरसफाई गरेको थियो। 

जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू सफा गरिएको थियो ।