तोडफोड भएको जिफन्टको भवन पुन निर्माण गर्न कोष निर्माण

भदौ २४ गते जेन जीको नाममा तोडफोड भएको जिफन्टको भवन पुन निर्माणमा जिफन्टले कोष निर्माण गरेको छ । 

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भाद्र २९ गते बसेको जिफन्ट राष्ट्रिय कमिटीको बैठकले लाखौं जिफन्ट सदस्यहरूको पसिनाले ठडिएको श्रमिकहरुको भवनमा अराजकहरुले पुर्यायको क्षतिलाइ जिफन्ट सदस्यहरूकै पसिनाबाटै भवन पुननिर्माण गर्ने निर्णय गरेको हो ।

आफ्नो भवन आफै पुननिर्माण गछौं अभियानमा युनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले नगद ५० हजार कार्यक्रममा हस्तान्तरण गर्नु भएको छ भने जिफन्ट राष्ट्रिय कमिटी र घटक युनियनका नेतृत्वले एक दिनको पारिश्रमिक सहयोग गर्ने समेत निर्णय भएको छ ।