गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

एफइएसद्वारा मंगोलियामा प्रशिक्षक प्रशिक्षण तालिम

श्रम आन्दोलनलाई प्रभावकारी र सशक्त बनाउने उद्देश्यका साथ ट्रेड युनियनमा दक्ष जनशक्ती निर्माण गर्ने उद्धेश्यले फ्रेडरिक-एबर्ट-स्टिफ्टुङ (एफइएस) एशिया प्रसान्तको आयोजनामा कामको भविष्यका लागि Power Resource Approach (PRA) सम्बन्धी प्रशिक्षक प्रशिक्षण भाद्र १० गते देखी मंगोलियामा सुरु भएको छ । 

भाद्र १४ गते सम्म संचालन हुने तालिमको पहिलो दिन समस्या देखि लक्ष्य’ (Problems to Goal) शिर्षकको सत्रमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बिदेश बिभाग सचिव स्मृति लामाले कार्यशैली र रणनीतिका दृष्टिकोणबारे अनुभव राख्नु हुंदै Power Resource Approach (PRA) को प्रयोगमा व्यावहारिक ज्ञान र सीपका बारेमा प्रस्तुत गर्नु भएको थियो । 

Power Resource Approach टूलकिटकी लेखक तथा ट्रेड युनियन प्रशिक्षक डीना फेलर र FES फिलिपिन्सका कार्यक्रम व्यवस्थापक चाओ काबातिङ्गनले सहजीकरण गरीरहनु भएको तालिममा नेपाल, भारत, पाकिस्तान, थाईल्याण्ड, मंगोलिया र फिलिपिन्सका ट्रेड युनियन नेताहरू सहभागी रहेको छ ।

 

आईटियूसि न्याकको रणनीतिक योजना कार्यशाला सम्पन्न

अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद (आईटियूसि न्याक) र डिटिडिए डेनमार्कको संयुक्त आयोजनामा २ दिने रणनीतिक योजना कार्यशाला ललितपुरको गोदावरीमा सम्पन्न भएको छ  ।

आईटियूसि न्याक अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भाद्र ८ गते देखी सुरू भएको कार्यशालामा नेपाल ट्रेड युनिनय महासंघ (जिफण्ट) नेपाल ट्रेड युनियन कांग्रेस  (एनटियुसी)  र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष, उपाध्यक्ष र महासचिवहरुको सहभागिता रहेको थियो । 

डिटिडिए प्रमुख लोट्टे यलिगार्ड र कार्यक्रम अधिकृत जोन पाउलको सहभागीता कार्यशालाले विगतमा गरिएका कार्यक्रमहरुको समिक्षा र आगामी सन् २०२६ कोलागि कार्यक्रमको योजना तयार पारेको छ ।  
 

एनएमएमा बिजयी युनिट्राभ सदस्यहरुलाई बधाई तथा शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनिट्राभद्वारा नेपाल पर्वतारोहण संघ (एनएमए) मा बिजयी युनिट्राभ सदस्यहरुलाई भाद्र ९ गते बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नव निर्वाचित एनएमएका प्रथम उपाध्यक्ष मिङ्मा ग्यार्बु शेर्पा, बुक होल्डर सदस्य जेनजेन लामा र सन्देश शेर्पालाई बधाई तथा शुभकामना दिनु हुंदै श्रमिक तथा आरोहीहरूका हक र हितको पक्षमा निडर भइ लाग्न आग्रह गर्नु भयो ।

युनिट्राभ केन्द्रीय अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको बधाइ तथा शुभकामना कार्यक्रममा एनएमएका प्रथम उपाध्यक्षमा निर्वाचित मिङ्मा ग्यार्बु शेर्पा र बुक होल्डर सदस्यमा निर्वाचित जेनजेन लामा र सन्देश शेर्पाले यस क्षेत्रमा रहेका समस्याहरूलाइ समाधान गर्दै श्रमिक तथा आरोहीहरूको अधिकार, दिगो र सुरक्षित पर्यटनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएको कार्यक्रमको संचालन युनिट्राभ महासचिब राम बहादुर श्रेष्ठले गर्नु भएको थियो । 
 

सुर्यबिनायक नगर पालिकाका सफाइ मजदुरलाइ लैङ्गीक हिंसा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ ९ गते  भक्तपुर जिल्लाको सुर्यबिनायक नगर पालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ । 

जिफन्ट नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाल सफाई कर्मचारी युनियनका पुर्ब अध्यक्ष मदन देउलाले सफाइ क्षेत्रको कामलाइ मर्यादित बनाउन यस क्षेत्रका श्रमिकहरू सचेत र संगठीत हुनु पर्नेमा जोड दिनु भएको थियो । 
 

न्यायोचित रुपान्तरण र लैङ्गीक विषयमा प्रशिक्षण सम्पन्न्

संयुक्त ट्रेड युनियन केन्द्र (जेटियुसीसी) महिला समितिले भाद्र ८ गते नेपालमा जलवायु परिवर्तको प्रभाव न्यायोचित रुपान्तरण र लैङ्गीक सवाल विषयक सेमिनार काठमाडौ सम्पन्न भएको छ। 

कार्यक्रमका प्रमुख अतिथि जेटीयुसीसी अध्यक्ष जगत सिम्खडाले नीति निर्माणमा जलवायु परिवर्तनले पारेको असरबारेमा र श्रमिकका महिलाका सन्दर्भमा जेटीयुसीसीले निरन्तर लबिङ गर्दै अइरहेको बताउनु भयो ।

जिफन्ट उपाध्यक्ष तथा जेटियुसीसी महिला समिति संयोजक सीता लामाले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्नु हुंदै तीज २०८२को शुभकामना व्यक्त गर्नु भयो ।

वरिष्ठ पत्रकार एवं स्रोतकर्ता सरु ढकालले जलवायु परिवर्तनको प्रभाव ,न्यायोचित रुपान्तरण र लैङ्गीक सवालहरु विषयमा प्रशिक्षण दिनुभएको थियो । 
 

१०% सेवा शुल्क पुनप्राप्तिका कानुन निर्माण गर्न माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेस्वहोमयु लगायतका अन्य २ दुइ युनियनले पर्यटन क्षेत्र तथा होटल श्रमिकहरूले गुमाएको १०%सेवा शुल्क पुनप्राप्तिका लागि आवश्यक कानुन निर्माण गर्न भाद्र ८ गते माननिय अर्थ मन्त्री विष्णु पौडेल र श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर समक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ ।