गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

नाबुन र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल बिच उपचार सहुलियत सम्झौता

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) कोशी प्रदेश कमिटी र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल बिच नाबुन सदस्यहरूलाइ उपचारमा विशेष सहुलियत उपलब्ध गराउने सन्दर्भमा असोज २ गते सम्झौता भएको छ।

नाबुन कोशी प्रदेश अध्यक्ष कला डांगी र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक डा. अनिशा विष्टले हस्ताक्षर गर्नु भएको सम्झौता अनुसार नाबुन सदस्यहरूले हस्पिटलमा उपचार गराउदा १५ प्रतिशतसम्म छुट पाउने भएका उल्लेख गरेको छ ।

नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, जिफन्ट कोशी प्रदेश सदस्य मदिरा भट्टराई लगायतका नेताहरूको उपस्थीतीमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नाबुन कोशी प्रदेश अध्यक्ष कला डांगी र हस्पिटलका कार्यकारी निर्देशक डा. अनिशा विष्टले संक्षिप्त भनाइ राख्नु भएको थियो ।


 

जिफन्टले मनायो देशभर संविधान तथा राष्ट्रिय दिवस २०८२

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को सन्दर्भमा असोज ३ गते  मनमोहन मजदुर भवन जिफन्ट प्लाजामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

अध्यक्ष बिनोद श्रेष्ठले नेपाली श्रमजीवी जनताको सदियौं देखिको लोकतन्त्र, न्याय र समानताको पक्षमा भएका संघर्ष र हजारौं सहीदहरुको बलिदानबाट प्राप्त गरिएको नेपालको संविधान २०७२ जारी गरिएको  उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनताहरु प्रति जिफन्टको तर्फबाट शुभकामना व्यक्त गर्नु हुंदै जनताको संबिधान बनाउने देखी हाल सम्मको लोकतान्त्रीक अन्दोलनमा शाहादत प्राप्त गर्ने सम्पुर्ण शहिदहरूमा भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो । 

नेपालको संविधान श्रमिकहरुको संघर्षको उपलब्धी भएकाले संविधानको रक्षा श्रमिकहरुको मुख्य एजेण्डा भएको भन्नुहुंदै अध्यक्ष श्रेष्ठले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरोध श्रमिक जनताले कुनै हालतमा सहन नसक्ने र लोकतान्त्रिक गणतन्त्रको विकल्प अर्को कुनै व्यवस्था हुनै नसक्ने भन्दै गणतन्त्र र त्यसको मुल आत्माका रुपमा रहेको संविधान रक्षाका लागि जिफन्ट प्रतिवद्ध रहेको बताउनुभयो । 

नेपाली श्रमजीवी वर्गको पसिनाले ठडिएको जिफन्ट भवनलाई भदौ २४ गते जेन जी आन्दोलनको नाममा अराजक समुहले तोडफोड तथा समान लुटेको भन्नहुंदै भौतिक संरचना माथिको क्षतिले विचारलाई गलाउन नसक्ने र जिफन्ट विचार सहितको आन्दोलनले उठेको देशकै श्रम आन्दोलनको मुल शक्ति भएको हुनाले हामी फेरी उठ्नेछौं, हाम्रो भवनमा पुर्याएको क्षति हाम्रै पसिनाले पुर्ति गर्ने समेत अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

जिफन्ट महासचिब लक्ष्मण शर्माले संचालन गर्नु भएको कार्यक्रममा कार्यक्रममा जिफन्ट संरक्षक विष्णु रिमाल लगायत जिफन्ट र आवद्ध युनियनका नेता तथा कार्यकर्ताहरूको दिप प्रज्वलन गर्नुभएको थियो ।

त्यसैगरी संविधान तथा राष्ट्रिय दिवशको सन्दर्भमा जिफन्ट मधेश प्रदेशले असोज ३ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

जिफन्ट उपाध्यक्ष मन्जु थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष कमलेश झाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संचालन प्रदेश सचिब मुक्ति चौधरीले र स्वागत दिलिप कुमार साह ले गर्नु भएको थियो । 
 

थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122169056870435116&type=3

https://www.facebook.com/media/set/?set=a.122169162878435116&type=3

आगजनी र तोडफोडका कारण क्षतिग्रस्त एमाले बरिष्ठ उपाध्यक्ष इर्श्वर पोखरेलको घर जिफन्टद्वारा सरसफाइ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले असोज १ गते गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण क्षतिग्रस्त धापासीमा  रहेको पार्टी बरिष्ठ उपाध्यक्ष इर्श्वर पोखरेलको घरभित्रका जलेका, फुटेका र तोडफोड भएका सामानहरू जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा करिब ५० जना नेता–कार्यकर्ताले सफा गरिएको थियो ।

त्यसैगरी २४ गते अराजक समुहले तोडफोड गरेको जिफन्ट केन्द्रीय कार्यालय भवन नेपाल ट्रेड युनियन कंग्रेश अध्यक्ष योगेन्द्र कुंवरको नेतृत्वको टोलीले असोज २ गते अवलोकन गरेको छ ।

अवलोकनको क्रममा अध्यक्ष कुंवरले जिफन्टको कार्यालयमा पुर्याएको क्षेती प्रती दुख ब्यक्त गर्नु भएको छ 

अन्तररार्ष्ट्रिय ट्रेड युनियन केन्द्र ITUC-एशिया प्यासिफिकद्वारा ऐक्यबद्धता व्यक्त

अन्तररार्ष्ट्रिय ट्रेड युनियन केन्द्र ITUC-एशिया प्यासिफिकले गत भाद्र २३ र २४ गते जेन्जीको नाममा भएको अराजकताका कारण विभिन्न आधोगिक  प्रतिष्ठानहरूमा भएका हिंसात्मक आक्रमणका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौं कामदारहरूप्रती ऐक्यबद्धता व्यक्त गरेको छ ।

असोज २ गते ITUC-एशिया प्यासिफिकका महासचिब शोया योशिदाले प्रेश बक्तब्य मार्फत "यस महत्वपूर्ण घडीमा, अन्तरिम सरकारले कामदारहरूको एजेन्डालाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ र मर्यादित काम, सामाजिक सुरक्षा र ट्रेड युनियन अधिकारको सम्मान ऐच्छिक नभएको भन्नु हुंदै नेपालले लोकतन्त्र शासनमा विश्वास पुनर्स्थापित गर्ने हो भने श्रमिक र उनीहरूका परिवारहरूको लागि रोजगारीको सुरक्षा र सुरक्षा सुनिश्चित आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

बक्तब्यमा भाद्र २३ गते नेपालका युवाहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनु भएकाहरू प्रती ITUC-Asia Pacific उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना र घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यसैगरी ITUC-एशिया प्रशान्त युवा समितिका अध्यक्ष डा. जोए पोर्टले पनि नेपालका ट्रेड युनियन र युवाहरूको लागि ऐक्यबद्धता व्यक्त गर्दै नेपालमा रहेका ITUC सम्बद्ध ट्रेड युनियनहरूले लोकतन्त्र, मर्यादित काम र सामाजिक न्यायको साहसपूर्वक रक्षा गरिरहेका भन्नु हुंदै ट्रेड युनियन र मानव अधिकारको रक्षा गर्न, र जीवनको क्षति र हिंसाको निष्पक्ष अनुसन्धान गर्न आवश्यक रहेको बताउनु भएको छ।

जिफन्टले असोज ३ गते संविधान दिवस मनाउने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले  असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ ।

बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलनको जगमा गठन भएको ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गते जिफन्टले  दिप प्रज्वलन गरी संविधान दिवस मनाउन असोज १ गते जिफन्ट सभाहलमा अगुवा कार्यकर्ताको भेला गरेको छ । 

भेलालाइ सम्बोधन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले लोकतन्त्रले मात्रै नयाँ नेपालको परिकल्पना गर्न सकिने भएकाले यो व्यवस्थाको विकल्प खोज्नेहरुको सपना किमार्थ पुरा हुन श्रमिकहरुले नदिने भन्नु हुंदै जिफन्ट संधै भ्रष्टाचारको विरोधी रहेको र शुसासनका पक्षपाती भएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भदौ २३ गते भएका ज्यान जानेगरी भएका घटना र २४ गते तोडफोड र आगजनीका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुहुंदै नेपालका श्रमिकहरुको लोकतन्त्र, श्रमिक अधिकार, सम्मानित जीवनको लागि र  श्रमजीवी वर्गीय हक र हितको लागि अझ प्रतिवध्द र एकतावध्द भई अघि बढ्नको लागि आव्हान समेत गरेको छ  ।

थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122168792522435116&type=3

जेन–जी आन्दोलनकमा आगजनी र तोडफोडका कारण हजाराैं श्रमिकहरूको रोजगारी प्रभावित

जेन–जी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते अराजक समूहले गरेको आगजनी र तोडफोडका कारण भाटभटेनी सुपरमार्केट, होटल तथा पर्यटन क्षेत्र, चौधरी ग्रुप, केबलकार लगायत उधोगहरू तथा बैंक,शैक्षिक संस्था र अन्य व्यवसायमा कार्यरत श्रमिकहरूको रोजगारी प्रभावित भएको छ।

मुलुकभर भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन् । तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेका कारण करिब ५ हजार रोजगारी प्रभावित भएको अनुमान गरिएको भने  होटल संघ नेपाल (हान) को तथ्यांकअनुसार करिब २५ होटलले आक्रमणबाट क्षति खेप्नुपरेको र दुई हजार भन्दा धेरै श्रमिकहरूको जागिर प्रभावित भएको हानको प्रारम्भिक आकलन रहेको छ।

त्यसैगरी सीजी होल्डिङ्स, सीजी इलेक्ट्रोनिक्स, सीजी अटोमोबाइल्स, केटीएम सीटीलगायत व्यावसायिक घरानामा कार्यरत करिब ५ हजार श्रमिकहरूको  रोजगारी प्रभावित भएको छ।

काठमाडौंको चन्द्रागिरि र नवलपरासीको मौलाकालिका केबलकारमा तोडफोड हुँदा करिब ६ सय रोजागरी प्रभावित भएको छ । 

भाद्र २ ९गते सम्मको तथ्यांक अनुसार मुलुकभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ शाखा र एक्सटेन्सन काउन्टरमा भएको तोडफोड तथा आगजनीका कारण हजाराैंको  रोजगारी प्रभावित भएको छ।

आन्दोलनका क्रममा मुलुकभर धेरै उद्योग व्यवसाय र व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुनेको संख्या अझै बढ्ने सरोकारवालाको भनाइ छ।