श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले भाद्र १८ गते विज्ञप्ति मार्फत अहिलेसम्म आधिकारिक रुपमा इ–सेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ ।
।
इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनी रुपमा प्रचार गरी रकम असुली भइरहेको भन्दै सरकारले इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न विभागले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।
