सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश स्तरीय भेला कार्तिक ८ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष श्रेष्ठले बदलियको राजनीतिक परिबेशमा ट्रेड युनियन आन्दोलनको भुमिका बारेमा मन्तब्य राख्नु भएको भेलामा जिफन्ट पुर्व उपाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य चुडामणस् जंगली, जिफन्ट उपाध्यक्ष सीता लामा, सचिब कृष्ण केसी, प्रदेश अध्यक्ष रूद्र खत्री लगायतका अतिथीहरूले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी कार्तिक ९ गते जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) अन्तरगत पोखरा नुडल्स, सुजल फु्ड्स र भगबती हाइड्रोको भेला सम्पन्न भएको छ भने कार्तिक १० गते इम्पेशन नेपालको गण्डकी प्रदेश र कास्की जिल्ला भेला, युनिट्राभको गण्डकी प्रदेश भेला, प्याब्स्युको जिल्ला भेला, नाबुनको पालिका तथा इकाइ कमिटि भेला सम्पन्न भएको छ ।
भेलाहरूमा जिफन्ट उपाध्यक्ष सीता लामा, सचिव कृष्ण केसी, सदस्य सुमन पराजुली, गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा फेरिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर बदलिएको राजनैतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम देशभर आयोजना गर्ने भएको छ ।
लोकतान्त्रिक अधिकार खोसिएसँगै संघर्षद्वारा स्थापित श्रमिक अधिकार क्रमशः खोसिने सम्भावना रहेकोले जिफन्टले लोकतन्त्रको “प्रतिरक्षा गरौँ – मौनता होइन, प्रतिवाद गरौँ” नाराका साथ अभियान संचालन गर्न लागेको हो ।
अभियान संचालनका लागि कोशी प्रदेशमा उपाध्यक्ष बिदुर कार्की र सचिव बेलीमैया घले, मधेश प्रदेशमा उपाध्यक्ष मन्जु थापा र सचिव हरि कार्की, बागमती प्रदेशमा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सचिव महेन्द्रलाल श्रेष्ठ र स्मृति लामालाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा उपाध्यक्ष सीता लामा र सचिव कृष्ण केसी, लुम्बिनी प्रदेशमा उपाध्यक्ष कमल गौतम र सचिव तारानिधी पन्त, कर्णाली प्रदेशमा महासचिव लक्ष्मण शर्मा र सचिव बिजया खड्का, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष जनक चौधरी र सचिव तारानिधी पन्तलाई जिम्मेवारी तोकिएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा कार्तिक ३ गते अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस (अक्टोबर २०) कार्यक्रम सम्पन्न भएको छ ।
हुन केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसको शुभकामना दिनुहुँदै नेपालमा बदलिएको राजनैतिक परिवेशमा ट्रेड युनियन आन्दोलनको भूमिकाका बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष श्रेष्ठले अराजक समूहले जिफन्ट भवनको तोडफोड गरी लुटपात गरी पुऱ्याएको क्षतिको निन्दा गर्दै श्रमिकहरूको पसिनाले ठड्याएको श्रमिकहरूको आफ्नो भवन श्रमिकहरूकै सहयोगमा अझ व्यवस्थित तथा आधुनिक ढङ्गले निर्माण गर्ने बताउनु भएको छ ।

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस र तिहार तथा नेपाल सम्बत् ११४६ को शुभकामना व्यक्त गर्नु हुँदै आन्दोलनको नाममा भएको विध्वंस र प्राकृतिक प्रकोपको कारण भएको धन र जनको क्षतिले नेपाली समाजमा पुऱ्याएको क्षतिका कारण उत्पन्न भइरहेको असहज अवस्थामा मनाउन गइरहेको चाडबाडहरूले सद्भाव, शान्ति र आशा जगाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन हुन महासचिव ज्ञानु केसीले गर्नुभएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122172875486435116&type=3
नेपालीहरूको महान पर्व तिहारको तपाईं सबैलाई शुभकामना !
GEFONT कार्यालय कार्तिक ३ गते देखि कार्तिक ८ गते सम्म तिहार बिदाको लागि बन्द रहनेछ।
आपतकालीन अवस्थामा, कृपया महासचिव लक्ष्मण शर्मालाई +९७७-९८५१०-८०८६० र बिदेश बिभाग सचिब स्मृती लामालाइ +९७७-९८५१२४८६७७ मा सम्पर्क गर्नुहोस्।
चितवन जिल्लाको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए, ति मध्ये तीन जना श्रमिकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका-१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको भित्तो असोज २९ गते बिहान भत्किएको हो ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका-२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका-१२ बस्ने ४५ वर्षीय रमेश दमाई, र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनु भएको छ ।
आइटियुसी नेपाल समितिको आयोजनामा असोज २९ गते “एशियामा डेनिस ट्रेड युनियन डेभलपमेन्ट एजेन्सी (डीटीडीए) रणनीतिक साझेदारी सम्झौतामाथि प्रभाव अध्य्यन” विषयक समिक्षा कार्यक्रम सम्पन्न भयो ।

आइटियुसी नेपाल समिति अध्यक्ष योगेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान राजनैतिक अवस्था कायम रहे ट्रेड युनियन आन्दोलन खतरामा पर्ने बताउनु हुँदै डीटीडीए सँगको लामो सहकार्यमा नेपालको श्रम अन्दोलनलाई विकास गर्न गरेका कामको मूल्याङ्कन गरी थप योजनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।

डेनिस ट्रेड युनियन डेभलपमेन्ट एजेन्सी (डीटीडीए) का प्रोग्राम अफिसर जोन पलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिव लक्ष्मण शर्मा लगायतले भनाइ राख्नु भएको थियो ।
जिफन्ट, एनटीयुसी र अन्टुफका नेताहरूको उपस्थिति रहेको कार्यक्रममा अन्टुफ अध्यक्ष जगत सिम्खडाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122172465014435116&type=3