जिफन्टले बदलिएको राजनैतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम गर्ने

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा फेरिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर बदलिएको राजनैतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम देशभर आयोजना गर्ने भएको  छ ।

लोकतान्त्रिक अधिकार खोसिएसँगै संघर्षद्वारा स्थापित श्रमिक अधिकार क्रमशः खोसिने सम्भावना रहेकोले जिफन्टले लोकतन्त्रको “प्रतिरक्षा गरौँ – मौनता होइन, प्रतिवाद गरौँ” नाराका साथ अभियान संचालन गर्न लागेको हो ।

अभियान संचालनका लागि कोशी प्रदेशमा उपाध्यक्ष बिदुर कार्की र सचिव बेलीमैया घले, मधेश प्रदेशमा उपाध्यक्ष मन्जु थापा र सचिव हरि कार्की, बागमती प्रदेशमा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सचिव महेन्द्रलाल श्रेष्ठ र स्मृति लामालाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा उपाध्यक्ष सीता लामा र सचिव कृष्ण केसी, लुम्बिनी प्रदेशमा उपाध्यक्ष कमल गौतम र सचिव तारानिधी पन्त, कर्णाली प्रदेशमा महासचिव लक्ष्मण शर्मा र सचिव बिजया खड्का, सुदूरपश्चिम  प्रदेशमा उपाध्यक्ष जनक चौधरी र सचिव तारानिधी पन्तलाई जिम्मेवारी तोकिएको छ ।