चितवन जिल्लाको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जना श्रमिकको मृत्यु

चितवन जिल्लाको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए, ति मध्ये तीन जना श्रमिकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका-१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको भित्तो असोज २९ गते बिहान भत्किएको हो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका-१२ बस्ने ४५ वर्षीय रमेश दमाई, र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनु भएको छ ।