नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश स्तरीय भेला कार्तिक ८ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष श्रेष्ठले बदलियको राजनीतिक परिबेशमा ट्रेड युनियन आन्दोलनको भुमिका बारेमा मन्तब्य राख्नु भएको भेलामा जिफन्ट पुर्व उपाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य चुडामणस् जंगली, जिफन्ट उपाध्यक्ष सीता लामा, सचिब कृष्ण केसी, प्रदेश अध्यक्ष रूद्र खत्री लगायतका अतिथीहरूले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी कार्तिक ९ गते जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) अन्तरगत पोखरा नुडल्स, सुजल फु्ड्स र भगबती हाइड्रोको भेला सम्पन्न भएको छ भने कार्तिक १० गते इम्पेशन नेपालको गण्डकी प्रदेश र कास्की जिल्ला भेला, युनिट्राभको गण्डकी प्रदेश भेला, प्याब्स्युको जिल्ला भेला, नाबुनको पालिका तथा इकाइ कमिटि भेला सम्पन्न भएको छ ।
भेलाहरूमा जिफन्ट उपाध्यक्ष सीता लामा, सचिव कृष्ण केसी, सदस्य सुमन पराजुली, गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।