सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेसनको मंसिर २७ गते हुने उद्घाटन समारोहमा श्रमिक परीचालनकालागी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले किर्तिपुर, चन्द्रागिरी नागर्जुन र तारकेश्वर नगरपालीकामा उपाध्यक्ष जनक चौधरी र सचिब बेलीमैया घले, काठमाण्डौ महानगर पालीकामा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब महेन्द्र लाल श्रेष्ठ र कृष्ण केसी, टोखा र बुढानिलकण्ठ नगरपालीकामा उपाध्यक्ष सीता लामा र उपमहासचिब नरनाथ लुइटेललाइ सहजीकरण गर्ने जिम्मेवारी टोकिएको छ ।
त्यसैगरी कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालीकामा उपमहासचिब कमला तामाङ र सचिब स्मृती लामा, भक्तपुर र काभ्रे जिल्लामा उपाध्यक्ष बिदुर कार्की र सचिब तारानिधी पन्त, ललितपुर र धादिङ जिल्लामा महासचिब लक्ष्मण शर्मा र सचिब बिजया खड्कालाइ श्रमिक परीचालनकालागी जिफन्टले जिम्मेवारी तोकिएको छ ।
अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) र खाडी समन्वय परिषद (जिसीसी) सदस्य राष्ट्रका श्रम तथा सामाजिक मामिला मन्त्रीहरूको परिषद्को कार्यकारी ब्युरो (इबी–जिसीसी) ले तयार गरेको संयुक्त प्रतिवेदन आइतबार जेनेभामा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरेको प्रतिवेदनमा खाडी मुलुकमा १४ वर्षदेखि लागू भएको ‘तलब सुरक्षा प्रणाली’ (डब्लूपीएस) प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै ‘डब्लूपीएस’ को कार्यान्वयन, प्रभावकारिता र कमजोरीबारे प्रश्न समेत उठाइएको छ ।
नेपाली श्रमिकका प्रमुख गन्तब्य संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरेबिया, कुवेत, बहराइन र ओमानमा श्रमिकलाई रोजगारदाताले दिने करारपत्र फेरबदल हुने जोखिम कायमै रहेको र खाडीमा नेपाली श्रमिकले करारपत्रमा उल्लेख भएको तलब परिवर्तन हुने र नियमित तलब नपाउने समस्या भोगिरहेका प्रतिवेदनमा उल्लेख छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक–नेपाल) ले निर्माण क्षेत्रमा योगदानमा आधारीत सामाजिक सुरक्षा बिषयमा मंसिर ९ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिफन्ट सामाजिक सुरक्षा बिभागका सचिब तारानिधि पन्त, बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरन्जिवि न्यौपाने र ललितपुर महानगर पालिका उपप्रमुख मन्जरी शाक्यले मन्तब्य राख्नु भएको थियो ।
अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समितीको आयोजनामा मंसिर ५ गते पर्यावरणीय परिवर्तन र न्यायिक रुपान्तरणको विषयमा मुल्याांकन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्ध्घाटन सत्रमा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठले पर्यावरणीय परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावको वारेमा चर्चा गर्नु हुदै वर्तमान राजनीतिक अन्योलतामा नेपालको श्रमिकहरु एकजुट भई विध्यमान चुनौतीलाई सामना गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा जिफण्ट महासचिव लक्ष्मण शर्माले नेपालको श्रम क्षेत्रमा पर्यावरणिय परिवर्तन र न्यायिक रुपान्तरणको अवस्थाको वारेमा र जिफण्ट उपाध्यक्ष विदुर कार्कीले पर्यावरणिय परिवर्तन र न्यायिक रुपान्तरणका लागि गर्नु पर्ने आगामी कामको मार्गचित्र वारेमा प्रस्तुत गर्नु भएको थियो ।
अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समितीका अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भएको मुल्याांकन कार्यक्रममा जिफण्ट, एनटियुसी र अन्टुफका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।
नेपालको सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ दक्षिण पूर्व एशिया क्षेत्रीय जनस्वास्थ्य च्याम्पियन पुरस्कार प्रदान गरेको छ ।
रुबेला निवारणकालागि उत्कृष्ट कार्य गरे बापत मंसिर ३ गते काठमाडौं अयोजित एक कार्यक्रममा नेपाल सरकारबाट सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका हरुलाई सम्मान गरेको हो ।
स्वास्थ्य मन्त्री डा : सुधा शमाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिश्व स्वास्थ्य संगठन (WHO ) का डा: क्यातिरेना नेपाल स्वास्थ्य स्यमसेबि सध (नेभा) केन्दिय अध्यक्ष गिता थिङ्ग, नेपाल स्वास्थ्य स्यमसेवक सघका अध्यक्ष बसन्ती महर्जन लगायतका नेताहरूको सहभागीत रहेको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरूको समस्याका बारेमा छलफल भएको थियो
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले मंसिर ३ गते बदलिदो परिवेशमा श्रम, रोजगारीका बिषय र आगामी कार्यदिशा बिषयक उच्चस्तरीय संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
संवाद कार्यक्रममा मर्यादित काम, ज्याला र सामाजिक सुरक्षा बिषयमा आइएलओ नेपालका नारायण भट्टराईले पेश गर्नु भएको कार्यपत्रमाथी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठ, रोजगार दाता परिषद (सिएनआइ) का सभापति ध्रुव रिजाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीले टिप्पणी गर्नु भएको थियो ।

वर्तमान परिवेशमा जेटियुसीसीको भूमिका र आगामी नीति बिषयमा डा. हरि शर्मा र बदलिदो परिवेशमा श्रम, रोजगारीका बिषयहरु र सुमधुर औद्योगिक सम्वन्ध बिषयमा डा. केशव प्रसाद अधिकारीले प्रस्तुति गर्नु भएको थियो ।
कार्यपत्रमाथि आइएलओ नेपालका सलोमन राजवंशी, रोजगारदाता परिषद उपसभापति बाबुकाजी कार्की, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिब प्रेम प्रसाद आचार्य र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले टिप्पणी गर्नु भएको सत्रको सहजीकरण एफइएसका निर्देशक चन्द्रदेव भट्टले गर्नु भएको थियो ।

एफइएसका निर्देशक चन्द्रदेव भट्टले सहजीकरण गर्नु संवाद कार्यक्रममा जिफन्ट उपाध्यक्ष जनक चौधरी, सचिब बेलीमाया घले, कृष्ण बहादुर केसी, बिजया खड्का लगायतका नेताहरूको सहभागिता रहेको थियो ।