गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

एयर इन्डियाका करार श्रमिकहरूलाइ नियमित रोजगारीमा नियुक्ति गर्न निर्देशन

एयर इन्डियामा करारमा कार्यरत श्रमिकहरूले नियमित रोजगारीको माग राखी नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालमा दिएको निवेदन उपर श्रम ऐन, २०७४ को दफा १६३(२) बमोजिम करार समाप्त भएको मितिदेखि नियमित रोजगारीमा राखी प्रचलित ऐन नियम बमोजिम नियुक्ति गर्न निर्देशन दिएको छ । 

करारमा कार्यरत ३० जना निवेदकहरू मध्ये समिर पोखरेल, सन्तोष दुलाल, जयराम राउत, सुनिल त्वायना, दीपक आलेमगर, नयन बुढा र राजेश गुरुङ्गलाई नियमित रोजगारीमा राख्न सम्बन्धित कार्यालयले कार्तिक २६ गते निर्णय गरेको थियो । 
 

शिवशक्ति यातायातलाइ आश्रित परिवार सुविधा योजना अन्तरगतको रकम भुक्तानी गर्न आदेश

योगदानमा आधारीत सामाजिक सुरक्षा कोषले शिवशक्ति यातायात प्रा. लि.मा कार्यरत रहदाको अवस्थामा मृत्यु भएका शिव कुमार रायको आश्रित श्रीमती मंजु देवी लाई आश्रित परिवार सुविधा योजना अन्तर्गत रु. १५ पन्ध्र लाख ५० हजार १ सय ८७ रुपैया र पैसा वीस मात्र भुक्तानी गर्न शिवशक्ति यातायातलाइ मंसिर १ गते आदेश दिएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७(१) (ग) र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम १२ बमोजिम शिवशक्ति यातायातले भुक्तानी गर्नु पर्ने गरी निर्णय भएको हुँदा सो रकम तीन महिना भित्र भुक्तानी दिई कोपलाई जानकारी गराउनु हुन निर्णय अनुसार आदेश गरेको हो  ।
 

आइटियुसीद्वारा ट्रेड युनियनमा आन्तरिक संचार बारेमा अभिमुखीकरण सम्पन्न

अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र (आइटियुसी) ले मंसिर २ गते ट्रेड युनियनमा आन्तरिक संचारको महत्त्वका बारेमा भर्चुअल माध्यामबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रचार तथा प्रकाशन विभाग सदस्य तथा जिफन्ट आबद्ध इम्प्रेशन नेपालका उपाध्यक्ष किरण मालीले जिफन्टले अपानाउँदै आइरहेको संचार विधि तथा प्रविधिका बारेमा प्रकाश पार्नु हुँदै जिफन्टले सूचना प्रणालीको सुदृढिकरणका लागि सामना गरिरहेको चुनौतीहरूका बारेमा पनि बताउनु भएको थियो ।

त्यस्तै आइटियुसीका सुचना अधिकृत एलेन रोड्रिगेजले अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रले अपनाउँदै आएको सूचना तथा संचार प्रणालीको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा आइटियुसी एसिया प्रशान्त क्षेत्रका कम्युनिकेशन तथा एडभोकेसी निर्देशक जोय हर्नान्डेजले सहजिकरणा गर्नु भएको अभिमुखीकरण कार्यक्रममा नेपालबाट जिफन्ट मिडिया टिम सदस्य सबिता बस्नेत लगायत विभिन्न देशका ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

सामाजिक सुरक्षा कोषले शिवशक्ति यातायातलाइ १५ पन्ध्र लाख ५० हजार १ सय ८७ रुपैया भुक्तानी गर्न आदेश

योगदानमा आधारीत सामाजिक सुरक्षा कोषले शिवशक्ति यातायात प्रा. लि.मा कार्यरत रहदाको अवस्थामा मृत्यु भएका शिव कुमार रायको आश्रित श्रीमती मंजु देवी लाई आश्रित परिवार सुविधा योजना अन्तर्गत रु. १५ पन्ध्र लाख ५० हजार १ सय ८७ रुपैया र पैसा वीस मात्र  भुक्तानी गर्न शिवशक्ति यातायातलाइ मंसिर १ गते आदेश दिएको छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७(१) (ग) र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम १२ बमोजिम शिवशक्ति यातायातले भुक्तानी गर्नु पर्ने गरी निर्णय भएको हुँदा सो रकम तीन महिना भित्र भुक्तानी दिई कोपलाई जानकारी गराउनु हुन निर्णय अनुसार आदेश गरेको हो  ।

 

कमरेड कमल गौतमको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा सङ्घर्षको मैदानमा शहादत प्राप्त उपाध्यक्ष कमरेड कमल गौतमको स्मृतिमा मंसिर १ गते रूपन्देही जिल्लाको बुटवलमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

नेकपा एमाले महासचिब शंकर पोखरेलले कमरेड गौतम प्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परीवारजनमा समवेदना ब्यक्त गर्नु हुदै बदलिएको राजनैतिक परीवेशमा कमल गौतमको अभाव महशसु भएको बताउनु हुदै गौतमको जस्तो शाहस र निरन्तरतालाइ सबैले पछ्याउनु पर्ने बताउनु भएको छ ।

श्रद्धाञ्जली सभामा नेकपा एमाले उपमहासचिब तथा जिफन्ट संरक्षक बिष्णु रिमालले तिन दशकसम्म आन्दोलनमा संगै काम गरेका अवधिको स्मरण गर्नु हुदै कमरेड गोतमले नेपालको ट्रेड यूनियन र कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कमरेड गोतमले ट्रेड युनियन आन्दोलनमा पुर्याउनु भएको योगदानको कदर गर्नु हुंदै कमरेड गोतमको भौतिक देह हामीबाट बिदा भएको छ, तर हाम्रो ट्रेड युनियन आन्दोलनलाई दिएर जानुभएको त्याग-समर्पण-निरन्तरताको अनुपम विरासत, तपाईंको निस्वार्थ निष्ठा र तपाईंको जीवन नै सङ्गठन हो भन्ने आदर्श भने सदाकालागि हाम्रो रक्तनशामा, हाम्रो सङ्घर्षमा र सम्पूर्ण नेपाली मजदुर वर्गको हृदयमा अमर रहने बताउनु हुदै मजदुर नेता मर्न सक्छ, तर आन्दोलन मर्दैन तपाइँको यो अन्तिम त्यागले हाम्रो आन्दोलनलाई युगौँयुगसम्म शक्ति र प्रेरणा दिइरहने बताउनु भयो ।

कार्यक्रममा कमरेड गोतमकी धर्मपत्नी बिन्दु गौतम, नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, जिफन्ट लुम्बीनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगायत बक्ताहरूले श्रद्धाञ्जली मन्तब्य राख्नु भएको श्रद्धाञ्जली सभाको संचालन जिफन्ट महासचिब लक्ष्मण शर्माले गर्नु भएको थियो ।

श्रद्धाञ्जली सभाको थप फोटो हेर्नकालागि तलको लिंकमा क्लीक गर्नु होला ।

https://www.facebook.com/media/set/?set=a.122176382762435116&type=3

जिफन्टद्वारा युवा तथा महिला श्रमिक बिच संवाद कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले भाद्र २३  र २४ को घटना नियोजित लोकतन्त्रमाथीको प्रहार रहेको भन्नुहुंदै बर्तमान सन्दर्भमा लोकतन्त्रको रक्षा सबै भन्दा महत्वपुर्ण सवाल रहेको बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठ जिफन्टद्वारा बागमती प्रदेश स्तरीय युवा तथा महिला बिच कार्तिक २९ गते भएको श्रमिक संवाद कार्यक्रमका उक्त कुरा बताउनु भएको हो । 

संवाद कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले लोकतन्त्र रहेन भने श्रमिक अधिकार पनि गुम्ने भएको हुनाले जिफन्टले छोटो अवधिको लागि भए पनि देशब्यापी रूपमा "लोकतन्त्रको प्रतिरक्षा गरौं, मौनता होइन, प्रतिवाद गरौं!" नाराका साथ बदलिएको राजनैतिक परिवेशमा श्रमिकसंग सम्वाद कार्यक्रम सञ्चालन गरेको बताउनु भएको थियो ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले लोकतन्त्रको प्रतिरक्षा गरौं, मौनता होइन, प्रतिवाद गरौं नाराको उद्धेश्यबारे प्रकाश पार्नु भएको कार्यक्रममा महासचिब लक्ष्मण शर्मा, बागमती प्रदेश  अध्यक्ष रामहरी नेपालको उपस्थीती रहेको थियो ।