नेकपा एमालेको महाधिवेसनमा जिफन्टले श्रमिक परीचालन गर्ने

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेसनको मंसिर २७ गते हुने उद्घाटन समारोहमा श्रमिक परीचालनकालागी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले किर्तिपुर, चन्द्रागिरी नागर्जुन र तारकेश्वर नगरपालीकामा उपाध्यक्ष जनक चौधरी र सचिब बेलीमैया घले, काठमाण्डौ महानगर पालीकामा उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब महेन्द्र लाल श्रेष्ठ र कृष्ण केसी, टोखा र बुढानिलकण्ठ नगरपालीकामा उपाध्यक्ष सीता लामा र उपमहासचिब नरनाथ लुइटेललाइ सहजीकरण गर्ने जिम्मेवारी टोकिएको छ । 

त्यसैगरी कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालीकामा उपमहासचिब कमला तामाङ र सचिब स्मृती लामा, भक्तपुर र काभ्रे जिल्लामा उपाध्यक्ष बिदुर कार्की र सचिब तारानिधी पन्त, ललितपुर र धादिङ जिल्लामा महासचिब लक्ष्मण शर्मा र सचिब बिजया खड्कालाइ श्रमिक परीचालनकालागी जिफन्टले जिम्मेवारी तोकिएको  छ ।