सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) इस्टन सुगर मिल्सको पुस ३ गते सम्पन्न १० औं अधिबेशनले रामदेव चौधरीको अध्यक्षतामा ११ सदस्य कमिटी र काशीराम चौधरीको संयोजकत्वमा ६ सदस्य सल्लाहकार समिती निर्वाचित गरेको छ ।
जिफन्ट कोशि प्रदेश अध्यक्ष किशोर धमलाको प्रमुख अथित्यतामा सम्पन्न अधिवेसनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, जुगकाटेमयु प्रतिनिधि परिशद प्रमुख धर्मानन्द सन्जेल लगायतका अतिथीहरूको उपस्थीत रहेको थियो ।
दुखमोचन मलाहको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट निर्वाचित कमिटिलाइ ह्विन उपाध्यक्ष मनोज मगरले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको लिकमा फर्काउन विघठित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बताउनु भएको हो ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन समारोह सुरू हुनु अधी काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका बिभिन्न स्थानबाट निस्केको र्यालीमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध हजारौं श्रमिकहरूको पनि सहभागीता रहेको थियो ।
उद्धघाटन समारेहमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङ, नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लगायतका अतिथीहरूले महाधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सांस्कृतीक कार्यक्रम सहित सुरू भएको उद्धघाटन समारेहमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्वागत गर्नु भएको थियो
"प्रबिधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं " भन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मधेश प्रदेशको सिमरामा मंसिर २३ गते महिला भेला आयोजना गरेको छ ।

प्रदेश अध्यक्ष कमलेश झाको प्रमुख अतिथ्यतामा भएको भेलामा राष्ट्रिय कमिटी सदस्य आनन्द थामी, गीता भण्डारी, प्रदेश सचिव मुक्ती चौधरी लगायतका अतिथिहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सरीता नेपालको अध्यक्षतामा सम्पन्न भेलाको संचालन शान्ती दाशले गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट लुम्बीनी प्रदेशद्वारा प्रबिधीको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं मुल नाराका साथ मंसिर २३ गते बुटवलमा महिला भेला आयोजना गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सचिब हरी बहादुर कार्कीको प्रमुख अतिथ्यतामा भएको भेलामा राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराइ, प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगायतका अतिथिहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
भेलाको अध्यक्षता जिफन्ट लुम्बिनी प्रदेश महिला कमिटी अध्यक्ष सरस्वती सुबेदीले गर्नु भएको थियो ।

"प्रबिधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं " भन्ने मुल नाराका साथ जिफन्ट कर्णाली प्रदेश कमिटीले जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्दा धामीको प्रमुख अतिथ्यतामा प्रदेश कार्यबाहाक अध्यक्ष राधा श्रेष्ठ, सचिब श्रीपाल सारू मगर लगायतका अतिथिहरूको उपस्थीतीमा महिला भेला सम्पन्न गरेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष ठक्कर बिष्टको प्रमुख अतिथ्यतामा जिफन्ट सुदूरपश्चिम प्रदेश सदस्य चित्रा ओझाको अध्यक्षतामा भएको महिला भेलामा ओम्स नेपाल सुदूरपश्चिमकी उप–सचिव सिल्पा कुमारी खाती, फापुन केन्द्रिय सचिव हिरा बिष्ट र सदस्य कर्णबहादुर हमाल, नेभा केन्द्रिय सदस्य अम्बिका भण्डारीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
भेलाको संचालन जिफन्ट सुदूरपश्चिम प्रदेशका सचिव चन्द्र प्रकाश गैह्रेले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रदेश सदस्य अर्जुन न्यौपानेले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट एक्यवद्धता कोषले लामो समय देखी क्यनसर रोगबाट पिडित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बीनीका दोलराज बस्याल र चेतन गुरूङलाइ उपचार सहयोग बापत जनहि २५ हजार सहयोग प्रदान गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेता ठाकुर गैरेले संगठन लुम्बीनी प्रदेश कार्यालयमा एक कार्यक्रम बिच हस्तान्तरण गरेको हो । 
अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषदको आयोजनामा नेपालवाट वालश्रम अन्त्य सम्वन्धि राष्ट्रिय कार्याशाला मंसिर १२ र १३ गते ललितपुरमा सम्पन्न भएको छ ।

जिफण्ट, एनटियुसी र अन्टुफका नेताहरुको सहभागिता रहेको कार्यक्रमको उद्ध्घाटन सत्रमा जिफण्ट अध्यक्ष विनोद श्रेष्ठले विध्यमान ट्रेड युनियन आन्दोलनका चुनौती र वालश्रम निवारणका समस्याको वारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा एनटियुसी र अन्टुफका अध्यक्षहरुले पनि धारणा राख्नु भएको थियो । कार्यक्रममा आईटीयुसी एपी, रोजगादाताका प्रतिनिधि, श्रम मन्त्रालयका प्रतिनिधि र सार्टुकका प्रतिनिधिले बिषण प्रस्तुत गर्नु भएको थियो ।
नेपाल ट्रेड युनिनयन महासंघ जिफन्ट द्वारा योगदानमा आधारित सामाजिक सुरक्षाको आँठौ स्थापना दिवस मंसिर ११ गते ललितपुरमा मनायो ।
२०७५ साल मंसिर ११ गते तत्कालिन सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीले नयाँ युगको सुभारम्भको रूपमा उद्घोष गरी प्रारम्भ गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा दिवसको आँठौ संस्करणको सन्दर्भमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनको अवस्था र भावि कार्यदिशा बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले महासचिब शंकर पोखरेलले अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ कोषमा सुचिकृत गर्न नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीलाइ पार्टीको तर्फबाट निर्देशित गर्ने बताउनु हुंदै समाजमा अराजकता बढ्नुको बिविध कारण मध्ये समाजिक सुरक्षाको प्रत्याभुती नहुनु पनि भएको भन्नु हुदै भविष्य सुरक्षित छ भन्ने महसुश भएमा अपराधीक कृयाकलाप पनि नियन्त्रण हुने बताउनु भयो ।

योगदानमा आधारित सामाजिक सुरक्षाको आँठौ स्थापना दिवसको शुभकामना दिनु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टको धारणा प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कवीराज अधिकारी, काठमाण्डौ महानगरपालिका उपमेयर सुनिता डंगोल, चन्द्रागिरी नगरपालिका मेयर घनस्याम गिरी, बुढानिलकण्ठ नगर पालिका उपप्रमेयर अनिता लामा र भिमफेडी गांउपालिका अध्यक्ष हिदम लामाले योगदानमा आधारीत सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था र भावि कार्यदिशा बारे मन्तब्य राख्नु भएको थियो ।
६० वर्ष पुगेर सामाजिक सुरक्षा कोषबाट बृद्धअवस्था सुरक्षा योजना अन्तर्गत पेन्सन लिने पहिलो श्रमिक पेन्सनर रौतहट निवासी श्री रूप नारायण महतो कोइरीलाई जिफन्टले बधाई तथा दीर्घ जिवनको शुभकामना सहित सम्मान समेत गरेको कार्यक्रमको संचालन जिफन्ट महासचिब लक्ष्मण शर्माले गर्नु भएको थियो ।
त्यसैगरी कोशी प्रदेशको बिराटनगरमा, मधेश प्रदेशको सिमरामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदुरपश्चिम प्रदेशको कैलालीमा जिफन्ट प्रदेश कमिटीको आयोजनामा योगदानमा आधारित सामाजिक सुरक्षाको आँठौ स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122177437592435116&type=3